काठमाडौ । दाङमा भारतीय कारमा भएको घटनामा परेका तीन बालक एउटै गाउँका हन् । वैशाख १६ गतेवाट हराएका उनीहरु शनिवार साँझ मृ त अवस्थामा कारभित्र फेला परेका थिए । एउटै वार्डका तीन बालकको मृत्युले गाउँ शोकमा डुवेको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीहरुको मृत्यु निसासिएर भएको हुनसक्ने जनाएको छ । उनीहरु कारमा पसेपछि हावा कतैवाट नगएका कारण निसासिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।
बालकहरुको गोजीमा तास पनि फेला परेका कारण उनीहरु तास खेल्न कारमा गएको हुनसक्ने र कारको ढोका लक भएपछि बाहिर आउन नसक्दा निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको द्ध ।
अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको हुनसक्ने बताएका हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन बालकका शव फेला परेको थियो ।
वैशाख १६ गते हराइरहेका तीन बालकका बारेमा खोजी गर्न भन्दै उनीहरुका आफन्तले प्रहरीलाई जानकारी समेत गराएका थिए । एक जना बसका चालकले आफ्नो बस पार्किगं गर्न भन्दै त्यहाँ जाँदा कारभित्र बालकहरुलाई मृत देखेका थिए ।
प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् । घटनाका सम्बन्धमा त्यहाँका स्थानिय बासीन्दा र प्रत्यक्षदर्शीले यस्तो भनेका छन् ।