बुधबार १५ चैत्र २०७९

विराटनगर : मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक बालिकाको मृ*त्यु भएको छ। दुर्घ”टनामा परेर उर्लाबारी नगरपालिका–८ की बीपीसा ओझाकी छोरी ७ वर्षीया अदीति ओझाको मृ*त्यु भएको हो।

अदीतिलाई उर्लाबारी–५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए।

उनका अनुसार दिउँसो ३:३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घा’इते भएकी थिइन्। उनको उपचारका क्रममा साँझ ७:३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृ*त्यु भएको एसपी शर्माको भनाइ छ।

दु”र्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी–५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घा’इते भएका छन्। उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। घ’टनाको अनुसन्धान थालेको प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ।

६०० पटक हेरिएको

तपाईको प्रतिक्रिया