मंगलबार ०७ चैत्र २०७९

डाक्टरहरुका अनुसार अपरेशन निकै संवेदनशील अवस्थामा थियो । त्यस्तो बेलामा लाइन आउने प्रतिक्षा गर्न सकिने स्थिति थिएन डाक्टरहरुले तत्कालै मोवाइल फोनको टर्च प्रयोग गर्ने निर्णय गरे । पछि डाक्टरहरुले यसको भिडियो सामाजिक संजालमा जारी गरेका छन् । डाक्टरहरुलाई उद्धृत गर्दै डेलीमेलले लेखेको समाचार अनुसार ३४ वर्षका ती बिरामीको अपरेशन सफल भएको छ ।

स्वास्थ्य अधिकारी अर्तुरो जुनिगाका अनुसार अस्पतालको लाइन जानेबित्तकै जेनेरेटरको अटोमेटिक सिस्टम सुरु हुनुपर्नेमा प्राविधिक कारणवश त्यस्तो नभएपछि यस्तो समस्या आएको थियो जुनिगाले यसमा कहाँ कमजोरी भयो भन्नेबारे जाँच भइरहेको बताएका छन् । जुनिगाका अनुसार अपरेशन सकिएपछि बिरामीका परिवारलाई यसबारे जानकारी दिइएको थियो । यसका अलावा अस्पतालका स्टाफले पनि कठिन समयमा राम्रो काम गरेको उनले बताए ।

मिडिया रिपोर्टका अनुसार परिवारले अस्पतालमाथि मुद्दा हाल्ने निर्णय गरेका छन् तर यसको पुष्टि भएको छैन । बिरामीलाई आइसीयूमा राखिएको छ । न्यूरो सर्जनको टिमले भने यो अपरेशन सफलतापूर्वक गरेपछि अरु अपरेशन नगर्ने अडान लिएका छन् । उनीहरुले अस्पताल व्यवस्थापनले फेरि यस्तो स्थिति नआउने सुनिश्चित नगर्दासम्म अपरेशन नगर्ने बताएका हुन् ।

६५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया