मंगलबार १२ आश्विन २०७८

नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ८७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार तेजाबी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार २ सय ९० रुपैयाँमा झरेको छ ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया