बीबीसी। अस्ट्रेलियाले भारतसँगको यात्रालाई हालका लागि गैरकानुनी बनाएको छ। अस्ट्रेलियाली सरकारले भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्षसम्म जेलसजाय गर्न सक्ने बताएको हो।
पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ। भारतमा रहेका र कोारेना सङ्क्रमित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाली नागरिकहरूको सङ्ख्याका आधारमा सरकारले उक्त कडा निर्णय लिएको हो।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको शुरूतिर भारतबाट अस्ट्रेलियामा हुने सबै खालका उडानहरूमाथि प्रतिबन्ध लगाइसकिको छ। अब भारतबाट यसबेला अस्ट्रेलिया फर्कनेहरुले जेल बस्नुपर्ने हुन सक्छ।
हाल भारतमा हाल करिब ९ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई कोरोनाको जोखिम समूहमा राखिएको जनाइएको छ।
तर अस्ट्रेलियाली चिकित्सकहरुले सरकारको उक्त निर्णयको आलोचना गरेका छन्। भारतबाट फर्किरहेका अस्ट्रेलियाली नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले त्यहाँको टेलिभिजनमार्फत बताएको बिबिसीले जनाएको छ।