पत्रकार भन्ने बित्तिकै मान्छेको दिमागमा कि त समाचार लेख्ने या समाचार पढ्ने भन्ने आउँछ । तर बिराटनगरमा अनौठा पत्रकार भेटिएका छन् । उनीहरु आफूलाई पत्रकार भनेर चिनाउँथे तर काम भने कानूनले निशेष गरिएको काम गर्ने गरेका थिए ।
उनीहरुले आफूलाई पत्रकार भने पनि उनीहरु बास्तविक पत्रकार नरहेको खुलेको छ । उनीहरु दुई जनाले पत्रकार बनि भारतको जोगवनीदेखि अ वै ध रूपमा न शा का सामाजन ल्याउने गरेका थिए । सोही क्रममा दुई जना शुक्रबार पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा सुनसरीको धरान– ७ का २८ वर्षिय सुरज कोइराला र धरान ९ का ४१ वर्षिय निरज भट्टराई रहेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जनासँग छुट्टा–छुट्टै दुई संचार संस्थाको नक्कली परिचयपत्र रहेको छ ।
दोस्रो लहरको कोरोना तिव्र रूपमा फैलिएपछि नेपाल–भारत सीमा कानामा गस्ती गरेर सुरक्षाकर्मीले कडाई गरेको छ । पत्रकारको परिचयपत्र देखाउँदा प्रहरीले भारतबाट नेपाल आउन दिने भन्दै उनीहरूले नक्कली परिचयपत्र बनाएका थिए । सोही परिचयपत्रको दुुरुपयोग गरेर भारतदेखि अवैध रूपमा त्यस्तो सामान लिएर आउँदा विराटनगर– १७ मटेरूवादेखि सुरक्षामा खटिएको प्रहरीले पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जना न शा का प्रयोगकर्ता र कारोबारी रहेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । को २८ प ७२०० नम्बरको मोटरसाईकलमा सवार भट्टराइको साथदेखि प्रहरीले ६ थान डा ई ले क्स डिसी नाम गरेको ला गु औ ष ध र ४ थान मोबाईल सेट बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इप्रका रानीले मोरङ अदालतमा आइतबार प्रचलित ऐन बमोजिम म्याद थप गरि अनुसन्धान सुरू गर्ने मोरङ प्रहरीले जनाएको छ ।