एजेन्सी । बलिउड गायिका नेहा कक्कर र कलाकार हिमांश कोहली लामो समससम्म प्रेम सम्बन्धमा थिए । नेहा रोहनप्रीतसँग विवाह गर्नु भन्दा केही वर्ष पहिला हिमांशसँगको प्रेममा रमाउने गरेकी थिइन् । हिमांशले एक सार्वजनिक कार्यक्रममै पुगेर नेहालाई प्रेम प्रस्ताव राखेका थिए । उनीहरुले केही म्युजिक भिडियोमा पनि संगै काम गरे ।
दुवैजना प्रेम सम्बन्धको बारेमा निकै भावुक थिए तर २०१८ मा उनीहरुको ब्रेकअप भयो । ब्रेकअपको असर नेहाले विभिन्न सार्वजनिक कार्यक्रममा प्रदर्शन गदै आएकी थिइन् । उनले सार्वजनिक कार्यक्रममै आफुलाई सम्हाल्न सकिन् । उनले सहानुभुती बटुलीरहँदा हिमांशले भने कतै पनि आफु दुःखी भएको देखाएनन् ।
हाल दुवैको जीवन आ–आफ्नै किसिमले चलेको छ । नेहाले एक वर्ष अघि विवाह गरेकी छन् । हिमांश पनि आफ्नो ब्यक्तिगत जिवनमा निकै अघि बढी सकेका छन् । लामो समय पछि नेहासंगको ब्रेकअपको बारेमा खुलेर कुरा गरेका छन् । उनले एक अन्तर्वाताको क्रममा २०१८ मा भएको ब्रेकअप पछि जीवन राम्र्री चलेको बताए । हिमांशले नेहासँगको ब्रेकअप भएको धेरैपछि पनि दर्शकहरुले आफ्नो गीतलाई डिस्लाइक गरेकोमा आपत्ती पनि जनाए ।
कार्यक्रममा उनले नेहालाई मात्र दोष नदिने भन्दै उनले रिसको झोकमा नेहाले सामाजिक सञ्जालमा गरेको पोस्टप्रति आफु आक्रोसित भएको बताए । हिमांशले आफुले प्रेम सम्बन्धको बारेमा सामाजिक सञ्जालमा नलेखेको पनि स्पष्ट पारे । उनले भने, ‘अब हामीबीच न माया छ नत रिस नै, हाम्रोवीच अब केही छैन् ।’ दुवैजनाले आफुलाई सम्हालेपछि दर्शकहरुले पनि उनीहरुलाई इज्यत गर्नुपर्ने उनको तर्क थियो । हिमान्सको यस्तो प्रतिकृयाका कारण नेहा पनि अहिले प्रतिकृया विहिन भएकी छन् । जिवनमा निकै अघि बढीसकेकी नेहा आफ्नो वैवाहिक जिवनमा निकै खुसी छन् ।