आफ्नो बारेमा गलत समाचार केहि अनलाईनहरुले छापेपछि चर्चित गायक प्रमोद खरेलले आपत्ति जनाएका छन् । हिजादेखि उनको दुर्घटाको खबर केहि अनलाईन न्युजहरुमा भाईरल भएका थिए, जुन गलत थियो, प्रमोदले फेसबुकमा लेखेका छन् । ‘केहि अनलाईन न्युजहरुमा भ्वाईसको सुटिंग बाट फर्कदा मेरो गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म एकदम ठिक छु र म कुनै दुर्घटना मा नपरेको जानकारी गरॉउछु । समाचार को नाममा सोसल मिडियाको यसरी दुरुपयोग नगरीदिनु होला कृपया गलत समाचार सुनेर चासो व्यक्त गर्नु हुने सबैलाइ धन्यवाद र यो ग़लत समाचार हो भनेर बुझिदिन हुन सबैलाइ अनुरोध गर्दछु ।
यसैबिच प्रमोद आफ्नो फेसबुक लाईभमा आएर पनि यस बिषयमा बोलेका छन् । उनले यस्ता समाचारहरुले तपाईको न्युज पोर्टलको भ्युज त बढ्ला तर मेरा शुभचिन्तकहरु र आफन्तहरुको मन दुख्छ भन्दै अबका दिनमा यस्ता समाचारहरु सम्प्रेषण नगर्न भने । उनले भ्वाईस अफ नेपालको बिषयमा पनि केहि बोले भिडियो हेर्नुस