शनिबार ०५ आषाढ २०७८

काठमाडौं । बैंकका कर्मचारीलाई ३१ दिन बिदा दिएको छ । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई ३१ दिन बिदा पाउने व्यवस्था गरेको हो । यद्यपि, राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यसअघि नै सूचना प्रकाशन गरि २०७८ सालमा हुने बैंक बिदाका लागि जानकारी गराइसकेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ को वैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ । त्यस्तै, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसका अलावा उपत्यका भित्र मछिन्द्रनाथको भोटो जात्रा, घोडे जात्रा, गाइ जात्रा, इन्द्र जात्रामा समेत कर्मचारीले बिदा पाउनेछन् । राष्ट्र बैंकले सम्बन्धित धर्म, भुगोल तथा समुदायहरुका लागि १० दिन बिदा छुट्यायएको छ । त्यस्तै उभौली, इदुल फित्र, बकर इद तथा सिरुवा पवानी वर्षको हकमा पनि सरकारको निर्णय अनुसार बिदा तय हुनेछ ।

१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया