बुधबार १५ चैत्र २०७९

कोरोना सङ्क्रमणका कारण यहाँ एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । मृत्यु हुने महिला १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

विजय राईले नागरिक न्युजका लागि खिचेको यो तस्विर हामीले यस समाचारमा फाइल तस्विरका रुपमा प्रयोग गरेका छौ, यो तस्विर नागरिक न्युज बाट साभार गरिएको हो ।

भेरीमा थपिए २२७ सङ्क्रमित, थपिएका तीनको मृत्यु
भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन् ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन् ।

बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो ।

४७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया