मंगलबार १२ आश्विन २०७८

काठमाडौ । विद्यालयमा विद्यार्थी शिक्षा आर्जन गर्न जान्छन् । तर पोखरामा यस्तो विद्यालय छ जहाँका प्रधानअध्यापकले विद्यार्थीलाई मल बोकाउँछन् । बाख्राको खोरमा समेत सुताउँछन् । स्थानिय भूमि आधारभूत विद्यालयका प्रधानअध्यापकले यस्तो गर्ने गरेको खुलेको छ ।

विद्यालयमा विद्यार्थी कम भएपछि अर्को विद्यालयमा मर्ज गर्ने प्रकृयामा रहेको सो विद्यालयका प्रधानअध्यापक कास्कीको मादी गाउँपालिका–६ का इन्द्रबहादुर थापा हुन् । अन्य विद्यालयवाट विद्यार्थी खोजेर ल्याउने र घरायासी काममा लगाउने गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

विद्यार्थीको संख्या कम भएपछि उक्त विद्यालय ‘मर्ज’ हुने स्थितिमा पुगेको थियो । मादी–६ का अध्यक्ष पसबहादुर बास्तोलाका अनुसार विद्यालय मर्जको बारेमा छलफल हुँदा उनले विद्यार्थी खोजेर ल्याउने बताए । विद्यार्थी खोजेर विद्यालय जोगाउन सके आफ्नो जागिर पनि जोगिने भएकाले उनले तनहुँ, लमजुङदेखि झापासम्मका विद्यार्थीहरु खोजेर ल्याए ।

उक्त विद्यालयमा हाल स्थानीय सात र बाह्य सात गरी १४ जना विद्यार्थी छन् । थापाले विपन्न, आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरुलाई पढाउने प्रलोभन देखाएर ल्याएका थिए । विद्यार्थीहरु ल्याएपछि उनले दिनहुँ हाजिर गराए । तर, पढाएनन् । घरायसी काममा लगाए ।

अध्यक्ष बास्तोलाका अनुसार थापाले ४ देखि ११ वर्षसम्मका ती बालबालिकालाई दिनहुँ घरको काम गराउँथे । मल बोकाउँथे, खाना पनि दिँदैनथे । बाख्राको खोरमा सुताउँथे । खान समेत नदिएर बाख्राको खोरमा सुताउँने गरेको खुलेको छ ।

उनीमाथि लगातार दुई वर्षसम्म श्रमशोषण गरेको आरोप छ । अहिले सार्वजनिक ठाउँमै विद्यार्थीलाई या त ना दिएपछि घटना बाहिरिएको हो । मादीमा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि उनले विद्यार्थी गएका थिए । त्यहाँका ती कामदारलाई प्रधानाध्यापक थापाले फोन गरेर, “हाम्रा विद्यार्थी तल आएका छन्, उनीहरुलाई रोक्नू” भने ।

थापाको फोनपछि काम गरिरहेका मजदुरले एक बालकलाई त्यहीँ रोके र थापालाई कुरे । थापा पुगेर बालकमाथि कु ट पि ट गरे । अरुले त्यो देखेपछि प्रहरीमा खबर पुगेको हो । विद्यार्थीको टाउकोमा गहिरो चो ट लागेको छ । उनको उपचार भइरहेको छ । ।

१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया