टेलिभिजन रियालिटी शो ‘बिग बोस’को घरमा हरेक वर्ष केही न केही नयाँ कुरा हेर्न पाइन्छ । शोको प्याटर्नदेखि लिएर प्रतिष्पर्धीको चुनावसम्म सबैकुरा यसमा बद्लिन्छ
। यो घरमा भोजपुरी स्टारले आफ्नो अभिनयबाट मात्र नभई सुन्दरताका कारण पनि सबैको मन जितेका छन् ।
मनोज तिवारी
भोजपुरी गायक, अभिनेता र भाजपा नेता मनोज तिवारी बिग बोस सीजन ४ मा देखिएका थिए । शोमा मनोजको शैलीलाई दर्शकले खुबै रुचाए ।
श्वेता तिवारी
श्वेता तिवारी पनि बिग बोस ४ को हिस्सा भइन् । यी दुईको क्यामेष्ट्री आज पनि दर्शकलाई उत्तिकै मनपरेको छ । यो सिजनको विजेता श्वेता नै भइन् ।
मोनालिसा
भोजपुरी फिल्मकी ग्ल्यामरस अभिनेत्री मोनालिसा शोको १० औं संस्करणमा थिइन् । उनले शोकै अर्को प्रतिष्पर्धी विक्रान्त सिंह राजपूतसँग विवाह गरेर चर्चा पाएकी थिइन् । शोमा पाएको लोकप्रियताका कारण उनले कैयौं फिल्म र टेलिसिरियलबाट अफर पाएकी थिइन् ।
दिनेश लाल यादव उर्फ निरहुआ
भोजपुरी फिल्मका चर्चित अभिनेता दिनेश लाल यादव उर्फ निरहुआ बिग बोसको सिजन ६ मा आएका थिए । निरहुआले शोमा आफ्नो शैलीका कारण राम्रो लोकप्रियता कमाएका थिए ।
रवि किशन
भोजपुरी फिल्म उद्योगका प्रख्यात अभिनेता रवि किशन पनि बिग बोसको पहिलो सिजनमा देखिएका थिए । रवि हालका दिनमा भाजपाका सांसद छन् ।
सम्भावना सेठ
सम्भावना सेठको चर्चा पनि बिग बोसको घरमा उत्तिकै रह्यो । आफ्नो विन्दास शैली र अन्यसँग झगडा गर्ने शैलीले उनलाई लोकप्रिय बनायो । उनी र अभिनेत्री पायल रोहतगीबीच भएको घमासान झगडा आज पनि दर्शकले उत्तिकै सम्झन्छन् ।
दीपक ठाकुर
बिग बोसको १२ औं संस्करणमा अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’मा गीत गाएर चर्चित बनेका भोजपुरी गायक दीपक ठाकुर पनि थिए । दीपकको शैली मानिसहरुले निकै मनपराएका थिए ।