शुक्रबार १७ चैत्र २०७९

काठमाडौ । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका छन् । उनलाई स्वास्थ्यमा समस्या उत्पन्न भएपछि अस्पताल भर्ना भएका हुन् । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई स्वास्थ्यमा समस्या देखिन थालेपछि अस्पताल भर्ना भएका थिए । अस्पालमा स्वास्थ्य लाभ लिइरहेका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक भावुक स्टाटस लेखेका छन् ।

उनले पूर्वराजा रानीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भावुक स्टाटस लेखेका हुन् । कोरोना संक्रमित भएर आफ्नै स्वास्थ्यको ख्याल गर्नुपर्ने अवस्थामा रहेका श्रेष्ठले पूर्वराजा रानीको स्वास्थ्यको खबरले दुखी भएको बताएका छने । सामाजिक सञ्जालमा फेसबुकबाट कलाकार श्रेष्ठले आफ्नो शरीर पनि कोरोनाका कारण गलिरहेको यस परिवेशमा ‘राजा ज्ञानेन्द्रलगायत राजपरिवारप्रति पनि शिघ्र स्वास्थ्यको कामना व्यक्त गर्न मनिलागिरहेछ,’ भनेका छन् ।

उनले सामाजिक सञ्जालमा सबैका लागि माया पोख्न मन लागिरहेको बताउँदै भावुक अभिव्यक्ति दिएका छन् । उनले लेखेका छन्, ‘आफ्नो शरिर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फत्ल्याक फुत्लुक भईरहेको बेला सबैलाई सम्झेर मन भाबुक भैरहेकोछ आज सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेकोछ।राजा ज्ञानेन्द्र लगायत राजपरिबार प्रति पनि सिघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मनलागिरहेछ।

५४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया