बिहिबार ३० बैशाख २०७८

काठमाडौ । कोरोना महमारीको दोस्रो लहरले नेपाललाई पनि नराम्ररी प्रभावित बनाएको छ । अहिले फैलिएको नयाँ भेरियन्टमा पहिलेको कोरोना महामारीमा भन्दा नयाँ लक्षणहरु देखिएका छन् । चीनमा कोरोमा महामारीमा काम गरेका डा रमेश आचार्य अहिले नेपालमा छन् । उनले चीनमा कोरोना महामारी कसरी नियन्त्रणमा आयो भन्ने वारेमा पनि राम्रो अनुभव संगालेका छन् । उनले नयाँ भेरियन्टको कोरोना संक्रमितलाई देखिएका केही प्रमुख लक्षणका बारेमा जानकारी दिएका छन् ।

उनले यस्तो लक्षण देखिए लापरवाही नगर्न र अस्पताल जान सुझाव दिएका छन् । दोस्रो भेरियन्ट आएपछि संक्रामक लक्षणहरु चारवटा रहेको बताएका छन् । अचानक श्वास प्रश्वासमा समस्या आउने र अक्सिजन लेवल घट्दै जाने देखिएको छ । संक्रमित भएको तीन दिनमै अक्सिजन लेवल ९० भन्दा तल आएको देखिएको उनले बताएका छन् ।

ज्वरो पनि पहिलाको संक्रमित हुँदाको अवस्था भन्दा फरक रहेको बताएका छन् । १०० भन्दा माथि ज्वरो देखिने र औषधीले पनि काम नगरेको अवस्था देखिएको बताएका छन् । अहिलेको कोरोना संक्रमितलाई टाउको पनि निकै दुख्ने गरेको देखिएको बताएका छन् । त्यस्तै झाडापखाला पनि देखिएको उनको भनाई छ । पहिलाको कोरोनामा पनि केहीलाई पखाला लागेको भएपनि जिवनजल खाँदा निको हुने गरेको भएपनि अहिले जिवनजलले पनि काम नगरेको देखिएको बताएका छन् ।

उनले २४ वा ७२ घण्टा भित्रै संक्रमितलाई निकै समस्या आउने गरेको देखिएको उनले बताएका छन् । यस्ता लक्षण देखिए तत्काल अस्पताल जान उनले सुझाव दिएका छन् ।

१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया