शनिबार ०९ साउन २०७८

युगान्डाकी गायिका द क्याप्टेन वियोन्से फाम्सीले ‘फुलबुट्टे सारी’ गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् ।गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् ।

मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् । गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।भिडियो

त्यस्तै गायक थानेश्वर गौत्तमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागी ‘गीतको भिडियो सार्वजनिक भएको छ । आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ती छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ ।

नेपाली मातृभुमीलाई एकताबद्ध गर्ने गीत रहेको छ ।तेशान्त को शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गीतमा रहेको छ । देशमा विकाश र समृद्धिको लागी मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मक रुपमा देश प्रेम समेटिएको छ ।

दुर्लभ श्रेष्ठको छायाँकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन गीतमा छ । ‘देशको लागी ‘ गीतको भिडियोमा किशोर भण्डारी , कृष्ण भक्त महर्जन , रेश्मा तिम्सिना , लिला केसी , सुन्दर लामिछाने र निरुता उप्रेतिको अभिनय रहेको छ । भिडियो

२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया