बुधबार ०३ कार्तिक २०७८

काठमाडौं– नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दी’र्घरो’गीलाई बढी सकस पारेको थियो। बढी मृ’त्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने नि’रोगी युवालाई समेत धेरै असर पारेको छ।

युवाको समेत मृ’त्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृ’त्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृ’त्यु भयो ।

उनीहरू तीनै जना नि’मोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए। उनीहरूको उपचारका क्रममा मृ’त्यु भएको अस्पतालले जनाएको छ । उनीहरूमा कुनै पनि दी’र्घकालीन रोग नभएको उपचारमा संलग्न डा.अनुप बास्तोलाले बताए। ह्याम्स अस्पतालमा केही दिनयता मृ’त्यु भएका दुईजनामध्ये एक कुनै रो’ग नभएका युवा छन्।

उनीहरूको कोरोना नि’मोनियाले मृ’त्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा.राजु पंगेनीले जानकारी दिए। अहिले वार्डमा सि’किस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा. पंगेनीले बताए। त्रिवि शिक्षण अस्पतालका को’भिड उपचार चिकित्सक डा. सविन थपलियाका अनुसार भर्ना भएका १ सय ३० जना कोरोना संक्रमित बि’रामीमध्ये ९० प्रतिशतको अवस्था ग’म्भीर छ।

तीमध्ये पनि धेरै आ’इसियु चाहिने अवस्थामा छन्। सि’किस्त भएर उपचारमा पुग्नेमा नि’मोनिया भइसकेका युवा पनि छन्। यो वर्षको भाइरसको स्वरुप क’डा भएकाले निरोगी युवालाई समेत सि’किस्त बनाएको डा.बास्तोला बताउँछन्। कोरोनालाई सामान्य रु’घाखोकीका रुपमा हेरेर चरम बे’वास्ता गर्नाले पनि युवाहरू सि’किस्त बनेको उनको तर्क छ।

‘सुरुमा सामान्य रु’घाखोकी, ज्वरो ठा’नेर घरैमा बस्छन् । धेरै दिनसम्म नि’को नभएपछि मात्र अस्पताल आइपुग्छन्। त्यति बेला कोरोनाले फोक्सोमा नि’मोनिया बनिसकेको हुन्छ’, उनले भने । नि’मोनिया र फो’क्सोको संक्रमण बढी भइसकेपछि अस्पताल आइपुग्दा निको हुन नसकी युवाहरूको मृ’त्यु हुने गरेको उनको भनाइ छ ।

ह्याम्स अस्पतालका डा. पंगेनीका अनुसार दोस्रो लहरको संक्रमणमा बढी बालबालिका र युवा परेका छन्। त्यसमा पनि युवा हे’लचक्र्याइँ गरेर सभासम्मेलन, जमघटमा जाने गरेकाले उनीहरू बढी संक्रमित भएको र वृद्धले खोप लगाएकाले कम संक्रमित भएको हुन सक्ने उनको अनुमान छ।

९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया