मंगलबार ०७ चैत्र २०७९

काठमाडौं । चर्चित लोक गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। शुक्रबार सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन्।

काठमाडौं मेडिकल कलेजमा पीसीआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् । उनले सबैलाई कोरोनालाई सामान्य नठान्न पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ । धेरै शरीर दुख्ने/गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए ।’

उनको केही समयअघि सार्वजनिक भएको ‘मेरो पनि होइन र ? यो देश’ भिडियोले सर्वाधिक चर्चा बटुलिरहेको छ ।

३३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया