आइतबार १९ मंसिर २०७८

काठमाडौ । कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार नआएपछि दिएको प्लाज्माले भने काम गरेको छ । शनिवार नर्भिक अस्पताल भर्ना गरिएकी पूर्वरानी कोमललाई प्लाज्मा दिइएको हो । बिहीबार नर्भिक अस्पतालले उनलाई प्लाज्माद्वारा उपचार गरेको जनाएको छ ।

शाहको अवस्था अहिले भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा। जेपी जैसवालले जानकारी दिँदै भने। शनिवार पूर्व राजा ज्ञानेन्द्र शाह, पुर्वरानी कोमल र पूर्व अधिराजकुमारीलाई अस्पताल भर्ना गरिएको थियो । पूर्वराजा ज्ञानेन्द्रका अवस्था सामान्य भए पनि पूर्वरानीको अवस्थामा भने विग्रदै गएको थियो । पूर्वराजालाई पनि अक्सिजन दिएर उपचार गरिएको छ ।

प्लाज्मा पछि पनि आइसियूमै राखेर पूर्वरानी शाहको उपचार भइरहेको छ। उनलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको छ। ‘प्लाज्मा दिइए पनि अवस्था पूरै सुधार नभएसम्म अक्सिजन हटाउन नमिल्ने चिकित्सकले बताएका छन् ।

भारतको हरिद्वारबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना पुष्टि भएको थियो। वैशाख ७ गते उनीहरू नर्भिकमा भर्ना भएका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि कोमललाई बुधबार आइसियूमा राखिएको थियो। पूर्व अधिकारकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य भएको अस्पतालले जनाएको छ।

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया