मंगलबार ०७ चैत्र २०७९

काठमाडौ । सल्यानमा अचम्म भएको छ । एक जनाले बिहे गरेका छन् तर सुहागरात मनाउन भने पाएनन् । उनलाई प्रहरीले लिएर गएको छ । बालविवाह गरेका आरोपमा ती १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । यही वैशाख १३ गते राति खान खाएर सु ति सकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि भा गी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ । बालविवाहसँंगै क र णी समेत भएको भनेर जाहेरी आएकाले सोहीअनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । प्रहरीले सल्यान अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । यसैबीच विवाहमा संलग्न भएका आरोपमा किशोरका बाबुलाई पक्राउ गरिए पनि संलग्नता नदेखिएकाले प्रक्रिया पु¥याएर छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौंको अर्को समाचार अनुसार गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश) को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ ।

गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरे । कोभिड–१९ सङ्क्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा आजदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ । काठमाडौँ उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ । मुलुकमा आज झण्डै पाँच हजार नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये करीब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन् ।

४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया