बुधबार १५ चैत्र २०७९

काठमाडौँ । चर्चित शृखला कोलेज नेपालबाट अभिनय यात्रा सुरु गरेकी रियासा दाहाल एक बहुमुखी प्रतिभाकी धनी कलाकार हुन् । मेरी बास्सैमा लामो समय अभिनय गरेर चर्चा कमाएकी रियासा हाल मेरी बास्सै छाडेर ग्राहो छ होमा मुख्य कलाकारका रुपमा अभिनय गरिरहेकी छिन् । रियासा पछिल्ला दिनमा कैयौँ म्यूजिक भिडियोमा पनि देखा परिन् । उनको लोकप्रियतासँगै सिरियल गाह्रो छ होमा उनको नि ध न को दृश्यलाई देखाइएको छ । जुन दृश्य अहिले सामाजिक संजालमा पनि भाइरल बनिरहेको छ ।

गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत र भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक तिमी बिना’ बोलको गीतमा शब्द रोबिन टोटोको, संगीत संयोजन टेकेन्द्र याक्सो लिम्बुको र कम्पोज तारा लक्सम लिम्बुको रहेको छ।

जीवन स्वारले निर्देशन गरेको भिडियोमा बिस्वजित रिमाल र अश्मिता ढकाल फिचर्ड छन्। आधुनिक मेलोडियस गीतको भिडियोमा बिस्वजित र अश्मिताको जोडी सुहाएको छ। मार्विन मौसम दराई,बिबेक पराजुली र संगीता पराजुली सपोर्टिंग आर्टिस्ट रहेका छन्।

आन्ग्छेंन लामाको डिओपी रहेको भिडियोको सम्पादन भुपेन्द्र अधिकारी,कलर रेनिश फागो,प्रोडक्सन मेनेजर आकाश रावल र समिप सापकोटा रहेका छन्। भिडियोको निर्माता ज्योति लोहार टोटो हुन् । भिडियो जेआर म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया