NewsVideo

भर्खरै कोशी बाँध फुट्यो – हेर्दाहेर्दै भारत डुब्न थाल्यो! अहिलेसम्मकै डेन्जर बाढी (हेर्नुहोस भिडियो)

सुनसरी र सप्तरी जिल्लाको नेपाली सिमानामा कोशी ब्यारेज निर्माण गरिएको छ । सन् १९५४ मा भएको कोशी सम्झौता अनुसार कोशी नदीमाथि ब्यारेज निर्माण गरिएको हो ।नेपाल र भारतबीच भएको उक्त सम्झौताबमोजिम कोशी ब्यारेजको शिलान्यास सन् १९५९ मा भएको थियो । नेपालका तत्कालीन राजा महेन्द्र शाह र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले उक्त ब्यारेजको शिलान्यास गरेका थिए ।

सन् १९६५ मा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले संयुक्त रुपमा उक्त ब्यारेज उद्घाटन गरेका थिए । कोशी ब्यारेजको सञ्चालनको जिम्मा सम्पूर्ण रूपमा भारतको हातमा भएकोले हरेक वर्ष नेपाल डुबानमा पर्ने गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए ।‘एक सय ९९ वर्षको लागि कोशी सम्झौता गरिएको छ,’ उनले भने, ‘मित्रराष्ट्रलाई सहयोग गर्न नेपालले कोशी सम्झौता गरेको हुनुपर्छ । तर अहिले सोही सम्झौता नेपालका लागि समस्या बनेको छ ।’

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र राजा महेन्द्रको सक्रियतामा उक्त सम्झौता गरिएको जानकारहरू बताउँछन् । कोशी सम्झौतामा नेपालका तर्फबाट भूमिसुधारमन्त्री महावीरशमशेर र भारतका तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका छन् ।नेपाली भूमिमै बाँध निर्माण गरिएको भएपनि यसको सञ्चालन, रेखदेख लगायतको सम्पूर्ण जिम्मेवारी भारतको हातमा छ । कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । बाढीले नेपाली क्षेत्र जलमग्न हुँदा पनि भारतले मुश्किलले ३० वटा मात्रै ढोका खोल्न गरेको छ ।

‘बर्खामा ब्यारेजका सबै ढोका खोल्ने हो भने सिंगो बिहार डुब्छ,’ श्रेष्ठले भने, ‘सोही कारणले भारतले सबै ढोका खोल्दैन । ढोका नखोल्दा नेपाल डुब्ने गरेको छ ।’ढोका खोल्ने वा नखोल्ने सबै अधिकार भारतको हातमा छ । नेपाली पक्षको अविवेकी सम्झौताको कारणले हरेक वर्ष नेपालले कोशीको विपत्ति सहनुपरेको छ ।

सुनसरी र सप्तरी जिल्लाको बीचमा ११ सय ७५ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्गलाई सोही ब्यारेजले जोडेको छ । नेपालले ब्यारेजका कारण बनेको बाटोबाहेक अरू सुविधा लिन पाएको छैन । ब्यारेजमा पानी लैजानको लागि नेपालतर्फ एक सय २५ किलोमिटर तटबन्ध समेत निर्माण गरिएको छ ।

भर्खरै कोशी बाँध फुट्यो – हेर्दाहेर्दै भारत डुब्न थाल्यो! अहिलेसम्मकै डेन्जर बाढी (हेर्नुहोस भिडियो)

Related Articles

Back to top button
Close