स्थान : कलंकी, बाबा पेट्रोल पम्प छेउ । समयः दिउँसो साढे १२ बजे ।सडक किनारमा एक अधवैंशे पुरुष टु’क्रुक्क बसेका छन् । छेउमा दुईवटा जेब्रा झोला र एउटा प्लाष्टिकको बोरा छ । तिनमा केही लुगाफाटा पोको पारेका छन् । घरि यता, घरि उता गरिरहन्छन् ।
झोला देखेरै उनको बेचैनीको कारण बुझ्न गाह्रो हुँदैन ।कोरोना भाइरसको दोस्रो लहरको चेन ब्रेक गर्न प्रशासनले बिहीबारदेखि काठमाडौं उपत्यकामा नि’षेधाज्ञा जारी गरेको छ । कैलालीको लम्कीका लक्ष्मीप्रसाद जैसी घर फर्किने गाडी नपाएकाले कलंकीमा अलपत्र परेका हुन् ।
‘सिन्धुपाल्चोकमा म’जदुरी गरिरहेको थिएँ,’ उनले भने, ‘बुधबार कैलालीमा रहेकी श्रीमती मनकुमारी बि’रामी भएको खबर पाएँ ।’ काम गर्न थालेको एक महिना मात्र भएको थियो, श्रीमती बि’रामी भएको खबर सुनेपछि ठेकेदारले घर जान त दियो, तर पैसा दिएन ।
उनले पी’डा सुनाए, ‘ठेकदार गाउँकै थियो, का’उन्टरमा पुगेर फोन गर्नु भनेको थियो, तर २ बजे बसपार्क आइपुग्दा सिटै रहेनछ ।’उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नि’षेधाज्ञा लगाएको पनि थाहा थिएन । ठेकेदारले पनि केही भनेनन् । बुधबार गाउँ फर्किने गाडी नपाएपछि राजधानी काठमाडौंमा अलपत्र परेको उनले सुनाए ।
बसपार्कमै बिहीबारबाट निषेधाज्ञा लाग्दैछ भन्ने थाहा पाए ।कलंकी पुग्न पाए, साँझसम्ममा केही भेटिन्छ कि भन्ने लाग्यो । तर, राति १२ बजेसम्म पनि घर जाने कुनै उपाय नि’स्किएन । त्यसपछि कलंकी आसपास कतै रात क’टाउन सकिन्छ कि भन्दै हिँडे, नजिकै एक फर्निचर उ’द्योगमा सुत्ने ठाउँ देखे र त्यहीं सुते ।