मंगलबार १२ आश्विन २०७८

गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहरा विगत एक महिनादेखि हराईरहेकी छिन् । सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् ।३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो नभएको जनाइएको छ । सम्झनाले श्रीमानले प्रायः कु’टपिट गरिरहने बताउने गरेकी थिइन् ।१९ गते साँझ ५ बजेतिर उनी सासुले घर छाडेर जा भनेको भन्दै बहिनीसँग फोनमा रोएकी थिइन् । त्यसपछि उनी बेपत्ता भएकी थिइन् ।

माघ १९ गते रातिदेखि हराएकी उनको अवस्था अझै थाहा हुन सकेको छैन । सम्झना हराएको दुई दिन पछि उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यसैबीच सम्झनाको घर नजिकै सडेगलेको अवस्थामा श’व फेला परेको हो । सम्झनाका छिमेकी लालबहादुर खत्री विहान रुखको घाँस लिन गएको बेला गन्हाएपछि उनले शंका लागेर जनप्रनिधिलिाई फोन गरेका थिए । बिहान रुखबाट घाँस झार्न लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन गरे । उनीहरुले प्रहरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा श’व फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने ।

पहिचान हुन बाँकी रहे पनि शव बेपत्ता सम्झनाको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्राविधिक जाँचपछि मात्र शव कसको हो भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ । तर स्थानीयले भने श’व सम्झनाकै भएको बताएका छन् । गाउँमा अन्य व्यक्ति नहराएका का’रण पनि श’व सम्झनाकै हुनसक्ने उनीहरुको भनाइ छ ।घरनजिकै सय मिटर अगाडि झाडीमा टा’उको बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा श’व फेला परेको छ । श’व फेला परेको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया