परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घ’टनामा पूर्वाञ्चल विश्वविद्यालय (पूवि) का कर्मचारीदेखि परीक्षार्थीसम्मको संलग्नता देखिएको छ। यसमा संलग्न विश्वविद्यालयका कर्मचारी र परीक्षार्थीसहित १० जनालाई प’क्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन प्रहरी सफल भएको छ। प’क्राउ पर्नेमा एक जना कर्मचारी, एक जना काठमाडौंमा अध्ययनरत विद्यार्थी र अरु परीक्षार्थी हुन्। गत वैशाख ३ गते सञ्चाल हुनुपर्ने विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ संकायको स्नातक (बीई) दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का र डीएसपी मञ्जिल मुकारुङ आफैँ घटनाको अनुसन्धानमा लागि परेका छन्। खड्काका अनुसार परीक्षार्थीसँग मोटो रकम लिएर प्रश्नपत्र ‘आउट’ गरिएको घ’टनामा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक कोमलप्रसाद गौतमले मुख्य भूमिका खेलेको देखिन्छ।
४४ वर्षीय गौतम विराटनगर महानगरपालिका–८ का बासिन्दा हुन्। व्यक्तिगत सम्पर्कमा आधारमा उनीसँग ‘सेटिङ’ मिलाउँदै परीक्षाको दुई दिनअगाडि नै प्रश्नपत्र बाहिर ल्याउन सफल भएपछि विचौलियाको भूमिकामा रहेका गोपाल कार्कीले अरु परीक्षार्थीसम्म पुर्याएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको एसपी खड्काले बताए। संखुवासभाको मादी नगरपालिका–६ घर भएका ३५ वर्षीय कार्की काठमाडौंको मीनभवनस्थित क्याफोकेट कलेजको एमएसी दोस्रो वर्षमा अध्ययनरत रहेको खुलेको छ।