आइतबार ०६ आषाढ २०७८

काठमाडौं : निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ। बिहीबार सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो जानकारी गराएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले सूचना निकालेर अत्यावश्यक कामका लागि पास आवश्यक नपर्ने जानकारी गराएकी हुन्। सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन।

कोरोना भाइरस (को’भिड-१९) संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा सात दिनका लागि नि’षेधाज्ञा जारी गरिएको छ। सूचनामा अब मृ’त्यु सं’स्कार र अत्यन्त जरुरी बा’हेक अन्य सवारी सा’धनले कार्यालयबाट पा’स न’पाउने उल्लेख छ। त्यस्तै नेपालमा आज थप ४९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार १२५९७ जनामा गरिएको पीसीआर परिक्षण र ९३६ जनामा गरिएको एन्टिजेन परिक्षणमा मा ४९२८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पिसिआरबिधिबाट ४८३१ जना र एन्टिजेन बिधिबाट ९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लाे घण्टामा रोपोर्ट प्राप्त मृ’तकको संख्या ३५ जना र २४ घण्टा भित्रमा ज्यान गु’माउनेको संख्या २६ रहेको मन्त्रालयले जनाएको छ ।यससँगै मृ’तकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ । त्यस्तै सिन्धुलीमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४७ जनाको स्वाब परीक्षण गर्दा बिहीबार १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकलपर्सन डा. सागर देवकोटाले जानकारी दिनु भयो ।

उहाँका अनुसार कमलामाई नगरपालिकाको ९ जना, दुधौली नगरपालिकाको ६ जना, मरिण गाउँपालिकाको १ जना र सुनकोसी गाउँपालिकाको १ जनामा सङ्क्रमण पुष्टि भएको हो । बिहीबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ६६९ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार हालसम्म १२ वटा जिल्लामा ६६९ स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् भने ६४८ जना संक्रमण मुक्त भएका छन्। हाल प्रदेशमा १६ जना सक्रिय संक्रमित रहेका छन् भने ५ जना स्वासथ्यकर्मीहरुको मृ’त्यु भएको छ।

सुर्खेत जिल्लामा दुई जना, दाङ, पाल्पा रुपन्देहीमा एक÷एक जना स्वास्थ्यकर्मीको मृ’त्यु भएको छ। सबै भन्दा बढि बाँकेका स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने हाल दुई जना स्वास्थ्यकर्मीहरु मात्र सक्रिय संक्रमित रहेका छन्। १५९ जनामा संक्रमण फैलिएको थियो भने १५७ जना निको भइसकेका छन्। उच्च स्वास्थ्यकर्मी संक्रमण भएको दोस्रो जिल्ला रुपन्देही रहेको जसमा ११३ जना संक्रमित भएका थिए। सरकारले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेको छ ।

नवनियुक्त सचिव देवकोटाले प्रदेश मन्त्रालयको पहिलो सचिव हुन पाउँदा खुशी लागेको र स्वास्थ्य क्षेत्र सुधारका लागि कामगर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सबै प्रदेशहरुमा छुट्टै स्वास्थ्य मन्त्रालय हुनुपर्छ भनी माग गरिरहेकोमा लुम्बिनीमा मन्त्रालय निर्माण हुनुले अन्य स्थानमा पनि ढोका खुलेको बताउनुभयो । उहाँले १/ २ दिनमा आफुले पद सम्हाल्ने बताउनुभयो । देवकोटा हाल स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख हुनुहुन्छ ।

१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया