मंगलबार ०७ चैत्र २०७९

काठमाडौ । कोरोना संक्रमित भएको भनिएक राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन् । बुधवार मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुनुपुर्व उनी सम्पर्क विहिन भएपछि उनका बारेमा जिज्ञासा उत्पन्न भएको थियो । उनको पार्टीले पनि घटना सुनियोजित र रहस्यम भनेको छ । उनलाई कोरोना पुष्टि भएको भनिएको प्रति पनि पार्टीले विश्वास गरेको छैन ।

उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा यस विज्ञप्ती जारी गर्दै अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचनाक बिरामी भई अस्पताल लैजाँदै गर्दा बे हो स भएको बताएका छन् । उनका बारेमा संचारमाध्यममा आएका समाचारलाई लिएर ध्यानाकर्षण भएको जनाउँदै उपचारमा लागेका चिकित्सक प्रति अविश्वास नगर्न पनि आग्रह गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले सदनमा जाने तयारी अवस्थामा नै अचानक बिरामी भएपछि भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बे हो स भएको बताएका हुन् । उनले अविश्वास प्रस्ताव सम्बन्धमा आफ्नो पार्टीले गरेको निर्णय प्रति आफ्नो प्रतिवद्धता पनि कायम रहेको बताएका छन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति सहमति रहको जनाएका हुन् ।

‘मेरो आफ्नै भाइ (जुनविक्रम शाही) लाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बे हो स भएछु,’ विज्ञप्तीमा उनले भनेका छन्, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा बुधबार उनी संसद्‍मा अनुपस्थित भएपछि खोजी गरिएको थियो । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको अवस्थामा सांसद शाही मोबाइल ‘स्विच अफ’ गरी सम्पर्कविहीन भएपछि विभिन्न प्रश्न उब्जिएका थिए । कांग्रेसका केही सांसद उनको खोजीमा पनि निस्किएका थिए ।

मंगलवार गरिएको स्वाव परिक्षणमा उनलाई कोरोना नभएको देखिएको थियो । संसद बैठक बस्नु अघि गरिएको सरकारी परिक्षणमा कोरोना नेगेटिभ आएको अवस्थामा नीजि क्लीनिकमा गरिएको अर्को परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई कोरोना भएको विषयमा नै आशंका उब्जिएको थियो ।

बुधबार नै जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो सांसदको अवस्था अज्ञात रहेकोले सार्वजनिक नहुँदासम्म सदनको काम कारबाही नचलाउन संसद सचिवालयमा निवेदन दिएकी थिइन् । सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् स्थगित गरेका थिए । सम्पर्कविहीन भएका सांसद शाही एक्कासी पोखराकै चरक मेमोरियल अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको पत्ता लाग्यो ।

२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया