काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बिहीबार वर्षा भएको छ । बिहान मौसम सामान्य रहेपनि अहिले काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी परिरहेको हो ।
वर्षासँगै आकाशमा बादल लागेपछि धुम्म हुँदा काठमाडौंको उपत्यकामा अँध्यारो छाएको छ । सवारी साधनहरु दिउँसै बत्ति बालेर गुडिरहेका छन् ।त्यस्तैगरी मुलुकका अन्य केही ठाउँमा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो क्रम निरन्तर दुई दिनसम्म रहन सक्ने महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुका प्रभावले मौसममा परिवर्तन भएको बताइएको छ । यसको प्रभावले हावाहुरी समेत आउन सक्ने महाशाखाको भनाइ छ ।लामो समय खुख्खा भएपछि काठमाडौंको वातावरण अत्याधिक प्रदुषित हुँदै आएको थियो ।