मंगलबार १४ मंसिर २०७८

वीरगञ्ज महानगरपालिका– ७ का पप्पु सर्राफ नारायणी अस्पतालको आइसोलेसन वार्डमा बाहिरभित्र गर्छन् । वार्डमा छ’टपटाईरहेका बुवाको अवस्थाले कता हो कता उनको छाती पोल्छ । आमाले नदेखुन भनेर अर्कोतिर फर्किन्छन्, रुन्छन् ।

नारायणी अस्पतालको आइसोलेसन बाहिर झोक्राएर बसेका सर्राफको आँसु थामिएको छैन । कोरोना संक्रमणका कारण उनका बुवा अस्पतालको वार्डमा छ’टपटाईरहेका छन् । उनी बेला बेला भित्र जान्छन्, बुवाको अवस्था हेर्छन्, अनि बाहिर निस्कन्छन्, फेरि रुन्छन् ।अर्कोतिरबसेकी आमा पनि रोईरहेकी छन् । उनीहरू एक अर्कालाई सम्झाउँछन् पनि– ‘हिम्मत राख्नुपर्छ ।’‘तीन दिन भयो, डाक्टरले ठिक हुन्छ भन्छन्, तर कम भइरहेको छैन’, उनले भने, ‘पखाला चलेको थियो, एक दिन घरमै राख्यौं, अस्पताल ल्याएको दिनदेखि बुवाको बे’चैनी बढेको छ ।

सुधार भईरहेको छैन ।’ अक्सिजन मास्क फुस्कियो भने लगाईदिने मान्छे पनि नहुने उनीहरूको चि’न्ता छ ।आइसोलेसन वार्डबाट निस्केका एक जना बि’रामीका आफन्त कराउँदै बाहिरिए । आफ्नो हात स्या’निटाइज गरे, जि’उतिर पनि स्यानिटाईजर छ’र्किए, अनि तल झरे ।

आइसोलेसन कक्ष बाहिर संक्रमितका कु’रुवा थुप्रै भेटिन्छन् । उनीहरू भित्रबाहिर गरिरहेका हुन्छन् । किनकि संक्रमितको अक्सिजन मास्क खु’स्कियो भनेपनि लगाइदिने मान्छे हुँदैनन् ।यो त्यहि नारायणी अस्पताल हो, जहाँ मंगलबार मात्रै ४ जना संक्रमितले ज्यान गुमाएका थिए ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि यहाँ १२ जना संक्रमितको मृ’त्यु भइसकेको छ ।श्रीभगवान प्रसादले दमको समस्या देखिएपछि ससुरालाई नारायणी अस्पतमा भर्ना गरे । बिरामीको स्याहार सुसार श्रीमतीमार्फत गराईरहेका छन् । तलमाथि यताउता सार्नुपर्दा पनि बिरामीका कुरुवा आफैं अघि सर्नुपर्छ ।

संक्रमितसँगै रहने कुरुवा बाहिर डु’लिरहेका भेटिन्छन् ।नारायणी अस्पतालले अक्सिजन चाहिने ग’म्भीर प्रकृतिका संक्रमित मात्रै भर्ना लिएको छ । इमर्जेन्सी भवनको दुवै तलालाई कोभिड संक्रमितको उपचारका लागि छु’ट्याइएको छ । माथिल्लो तलामा आईसीयू र एचडीयू छ ।

तल्लो तलामा अक्सिजन मात्रै चाहिने कम गम्भिर संक्रमितलाई राखिएको छ । त्यतिले पनि नपुगेपछि सर्जरी वार्डमा समेत संक्रमितलाई राख्न शुरु गरिएको छ ।कलैया उपमहानगरपालिका २३ का श्रीभगवान प्रसादले दमको समस्या देखिएपछि ससुरालाई नारायणी अस्पतमा भर्ना गरे ।

तर बि’रामीको स्याहार सुसार श्रीमतीमार्फत गराईरहेका छन् । तलमाथि यताउता सार्नुपर्दा पनि बिरामीका कुरुवा आफैं अघि सर्नुपर्छ । संक्रमितसँगै रहने कुरुवा बाहिर डुलिरहेका भेटिन्छन् ।अस्पतालका एक कर्मचारी भने संक्रमण पुष्टी भईसकेकालाई अर्को वार्डमा सर्न आग्रह गर्दा पनि अटेर गरेको भन्दै उनी कराउँदै थिए । जथाभावी न’थुक्नु भन्दा पनि टेर्दैनन्, हामीले मात्रै के गर्ने ?

कुरुवा नै संक्रमित हुने जोखिम-१२ दिनदेखि संक्रमितको कु’रुवा बसेकी बिन्दुदेवी सोफामा सुतिरहेकी थिइन् । उनलाई नै सञ्चो नहोला जस्तो भइसकेको छ । त्यसैले उनलाई पालो दिन अर्की महिला आएकी छन् ।परिचय खुलाउन नचाहाने ती महिलाले भनिन्, ‘बाहिर दुई मिटर दुरी कायम गर्नुपर्छ भन्छन्, भित्र संक्रमित बीचको दुरी एक मिटर पनि छैन ।’

उनी बि’रामीको अवस्था बुझ्न पटक पटक भित्र बाहिर गरिरहेकी थिइन् ।पर्साको मनवा बजार गाउँकी जानकी चौधरीका छोरा पनि आइसोलेसनमा छ’टपटाइरहेका छन् । डाक्टरले सु’ई लगाउन लेखिदिएका छन् । बिरामी कुर्न बसेकी उनी आफैं बि’रामी भइने हो कि भन्ने चि’न्तामा छिन् ।

‘संक्रमित भएको ठाउँमा धेरै बस्नु पनि भएन, डाक्टरले कहिले यो ल्याउनु त कहिले त्यो ल्याउनु भन्छन् । छोडेर जान पनि भएन’, उनले भनिन्, ‘अस्पताल यति फोहोर छ कि कतै गएर टुसुक्क बस्न मन लाग्दैन ।’ उनले गुनासो गरेजस्तै अस्पताल परिसरमा जथाभावी फोहोर फा’लेको देखिन्छ ।

अस्पतालमा ल्याएपछि बाँच्ने मान्छे पनि मर्छ भन्ने निष्कर्षमा बिरामीका आफन्त पुगेका छन् । सर्लाहीको रामनगर गाउँपालिका-५ का बाबुराम यादव कान्छो छोरालाई लिएर अस्पताल आइपुगेका हुन् ।सितामढीमा ४ दिन उपचार गराउँदा समेत ज्व’रो र स्वा’सप्रस्वासको स’मस्या निको भएन । शनिबार नारायणी अस्पतालमा ल्याइयो । छोराको उपचारमा राम्रो ध्यान नपुगेको उनको ठम्याई छ ।

मन खुशी छैन । आइसोलेसनमा संक्रमितको उपचार उचित ढंगले नभएको उनले जि’किर गरे ।‘जनता त्राहीमाम छन्, चि’च्याइरहेका छन्, अस्पतालको बेडमा छ’टपटाइरहेका छन् । डाक्टर नर्स हैरान छन्’, उनले भने, ‘जनताको करले सेवा सुविधा लिने सि’डियो, अनि जिल्लाका नेताहरु कहाँ छन ? अस्पतालमा स्टा’फको कमी छ,अरु कुरा के पुगेको छ, के पुगेको छैन, हेर्नु पर्दैन ?’

१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया