शुक्रबार १७ चैत्र २०७९

पुर्व मोरंगको पथरी आईतबारे घर भै बिगत १५ बर्ष देखि काठमाडौँको सिनामंगलमा बस्दै आएका कुमारी सुबेदीको भने सानो परिवार दुखि परिवार बनेको तथा रहेको छ । हुन् त् उनको परिवारमा कुमारी र आमा मात्र छन तर उनीहरुको जीवन जस्तो भनाई अनुसार सानो र सुखी भन्ने हुनु पर्ने त्यो भएन । आमाको कोखमा करिब १० महिना बसिसकेपछि यस धर्तीमा जन्म लिएकी कुमारी सुबेदीको जीवनमा बढ्दो उमेर संगै निकै कस्टकर समयहरुको पानी आगमन भएको रहेछ ।

कुमारी करिब ६ बर्षको पुग्दा उनको जीवनमा उमेर र शारीरिक बनावटसंगै उनको सुन्दरता र स्वास्थ्यमा पनि केहि फरकपन आउँन थालेको उनि बताउछिन । उनको अनुहारमा एक किसिमको अनौठो बनावट बन्दै गएको र आखा बाहिर निस्किने अनि गाला र अनुहारको स्वरुपमा फरक हुदै मासु बढ्दै गएको उनि बताउछिन । उनलाई उपचरमा धेरै प्रयास गरेको र अझ धार्मिक मान्यताको आधारमा रहेको हुदा धेरै पाठपुजा र धामी झाक्री समेत गरेको उनको आमाको भनाई रहेको छ ।कुमारीले बताए अनुसार त्यस्तै १०/१२ बर्ष अघि उनको अनुहारको अप्रेशन समेत गरियो तर कुनै सुधार नआएको र यो रोग यस्तो प्रकारको हो नै भनि कुनै बिशेष कारण समेत नखुलेको उनि बताउछिन ।

अहिले उनि र ८२ बर्षिय आमा सिनामंगलको एक गल्लीको जस्ताको टहरामा बस्दै आईरहेका छन । आफन्तले पनि साथ छोडे पछि कुमारी आफ्नी ८२ बर्षिय आमालाइ स्याहार्दै ,पाल्दै र आफ्नो समेत जीवन गुजारा चलाउदै आईरहेका छन। कुमारी भन्छिन ‘ आखाले राम्रो संग हेर्न सक्दैन,हावा,घाम र पानिले समेत पिडा दिन्छ तर के गर्नु आफुलाई सन्चो छैन भनि आराम गर्न समेत पाउदिन ,मलाई यो धर्तीमा ल्याउने बुढी आमा हुनुन्छ ,उहालाइ कुन बेला भोक लाग्छ कुन बेला के हुन्च्छ भन्न सकिन्न त्यै भएर आमाको साहरा मै मात्र भएर पनि अरुको घरमा भाडा माझ्ने र लुगा धुने कम गर्ने गरेको छु ‘ । उपचार त् टाढाको कुरा कुनै बेला त् घर मा अन्न पनि हुन्न र अन्न हुदा तरकारी हुन् । त्यस्तो बेला नुन मात्र छर्केर खाएर भएपनि आमालाइ पालेकी छु र आफु पनि बाचेकी छु । ‘

कुमारी र बुढी आमाको नजिक बसेर उनि हरुको जीवनी बुझ्दा कसको मन नरोला र । एक आमा जो यति बेला परिवारको साथ सुखी,खुसि अनि आरामको जीवन जिउनु पर्ने उमेर र अवस्था छ अनि एक छोरी जो यो उमेर मा आफ्नो घर जम गरि सुखी र आनन्दको जीवन जिउने उमेर बनेको छ तर आफ्नो आफ्नो भाग्य अनि कर्म ।

कुमारी आखा भरि आसु पर्दै मनकारी र सहयोगीहरु माझ केहि सहयोगको हात फैलाउन मजबुर भएकी छिन र केहि बाकि जीवन सामान्य व्यक्ति झैँ उपचार गरी बाच्ने र आमाको मुहार समेत खुसि दिने सपना बुन्दै आफ्नो उपचारको निम्ति र जीवन यापन को निम्ति सहयोगको अपिल गर्दै छिन । यदि यी परिवारलाइ सहयोग गर्न चाहनु हुन्छ भने सहयोगको लागी कुमारी सुवेदी दिदी लाई सिधै सम्पर्क गर्नुहोस : 9841075956

४०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया