एक समय बलिउडमा सलमान खान र ऐश्वर्या रायको जोडीको चर्चा सर्वाधिक हुने गर्थ्यो। सन् १९९९को सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेपछि उनीहरू एकअर्काको प्रेममा परेका थिए। तर समयक्रमसँगै त्यो प्रेम टुट्यो। ऐश्वर्या हाल अभिषेकसँग विवाहित छिन् भने क्याटरिना कैफसँग जोडी टुटेपछि उनको नाम लुलिया भान्तुरसँग जोडिदै आएको छ यध्यपी सलमानले आफू एक्ले रहेको बताउने गरेका छन्।
सलमान र ऐश्वर्याको सम्बन्ध सक्किनुमा विभिन्न कारणहरू सार्वजनिक भएका छन्। यसरी सार्वजनिक भएका कारणमा मुख्य ८ कारणसँग धेरैजनाको सहमती रहेको छ। ती ८ कारण यस्ता छन्:
१. सलमानको हिस्रक बानी: यसलाई सलमानको प्रेम छुट्नुको सबैभन्दा ठूलो कारण मानिएको छ। उनले ऐश्वर्यालाई पिट्थे। ऐश्वर्याले काम गरेका सहकर्मीसँग अफेयर भएको शंका गरथे। यसबारे ऐश्वर्या आफैले अन्तरवार्तामा खुलासा गरेकी छन्।
२. ऐश्वर्याका बाबुआमाको विरोध: एश्वर्याका बाबुआमा यस सम्बन्धबाट फुर्णरूपमा खुशी थिएनन्। सलमानको उनी अघि थुप्रै युवतीसँग रहेको समबन्धका कारण छोरीको भविष्य ठीक नहुने उनीहरूको बुझाइ थियो।
३. सलमानको पागलपन: सलमानको पागलपनलाई अर्को महत्वपूर्ण कारणका रूपमा हेरिन्छ। सलमान आधीरातको समेत ख्याल नगरी ऐश्वर्याको घरको ढोका ढकढकाउन पुग्थे। त्यो क्रम उनले ढोका नखुलेसम्म जारी रहन्थ्यो। एकपटक त्यस्तो गर्दा उनको हातमा घाउ नै भएको थियो। उनले एकपटक ढओका नखोले त्यहिबाट हामफाल्ने धम्कीसमेत दिए।
४. सलमान बिहेको प्रतिबद्धता चाहन्थे: सलमान ऐश्वर्याले बिहेका लागि आफूसमक्ष ठोस प्रतिबद्धता गरोस् भन्ने चाहन्थे। उनी चाँडै विवाहवन्धनमा हुन चाहन्थे। मिस वर्ल्ड भएकी ऐश्वर्याको बलिउडमा भर्खर करियर सुरू भएको थियो जून सफलताको शिखरतर्फ बढिरहेको थियो। त्यस अवस्तामा सलमानले खोजेजस्तो प्रतिबद्धता गर्ने पक्षमा ऐश्वर्या थिइनन्।
५. सेटमै पुगेर तोडफोड: ऐश्वर्याले आफ्नो सम्बन्धको समस्यालाई सकेसम्म गोप्य नै राख्दै आइरहेकी थिइन तर एकपटक सलमान ऐश्वर्याको सुटिङ् भइरहेको सेटमा पुगेर झगडा गरे। उनले सुटिङ्को सेट तोडफोड गरे। यसबाट पनि चित्त नबुझेपछी उनले ऐश्वर्याको कारमा समेत क्षति पुर्याए।
६. ऐश्वर्याका बाबुआमासँगको गलत व्यबहार: सलमानसँगको सम्बन्धलाई नरूचाए पनि ऐश्वर्याका बाबुआमाले ऐश्वर्यालाई सलमानसँग हेलमेल गर्न कहिल्यै रोकेनन् तर सलमानको उनीहरूप्रतिको व्यवहार कहिल्यै राम्रो रहेन्। सलमानले बानी नसुधारेपछि ऐश्वर्या सलमानको यस्तो हर्कतबाट दु:खी थिइन्।
७. गोप्य तरिकाले पूर्वप्रेमिकालाई सहयोग: एक पटक सलमानकी पूर्व प्रेमिकाले आफ्नो बाबुको अपरेसनको लागि सलमानसँग मद्दत मागिन। सलमान ऐश्वर्यालाई केही जानकारी ने नदिइ अमेरिका हानिए र सोमीलाई सहयोग गरे। यस्तो भएपछि ऐश्वर्याले सलमानसँग आफ्नो सम्बन्ध अगाडी नबढ्ने निर्क्योल गरेको बताइन्छ.
८. सलमानको रक्सी पिउने बानी: सलमानको अत्याधीक रक्सी पिउने बानी र् पिएपछी उनले देखाउने हर्कतबाट ऐश्वर्या आजित थिइन्। रक्सी पिएपछी कयौंपटक सलमानले ऐश्वर्यालाई चाहिने नचाहिने भन्थे जसले उनको स्वाभिमानमा चोट पुग्थ्यो। एक पत्रिकालाई दिएको अन्तरवार्तामा उनले आफू स्वाभिमानी महिला भएकाले आफू यस्ता कुरा थप नसहने निर्णयमा पुगेको बताएकी छन्। यो पनि ब्रेकअपको महत्वपूर्ण कारण हो।