आइतबार १९ मंसिर २०७८

एजेन्सी । भारतमा कोरोनासंक्रमण तिब्र गतिमा बढिरहेको छ । अवस्था भयावह भएपछि बिरामीले बेड तथा अन्तिम संस्कार गर्ने ठाउँसमेत नपाएको अवस्था छ । सोमबार मात्र अक्सिजनको अभावमा एक महिलाले आफ्नो श्रीमानलाई मुखले अक्सिजन दिएको फोटो निकै भाइरल भयो ।

त्यस्तै पछिल्लो समय एउटा निकै दर्दनाक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन्। समाचारमा जनाइएअनुसार गत सोमबार मन्डासा मन्डल गाउँकी ती ५० वर्षीय महिलालाई कोरोनाभाइरसका लक्षणहरू देखिएपछि जचाउन लगिएको थियो।

तर जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भयो। त्यसपछि उनको शवलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न नसकेपछि उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको ‘शव’ १५ किलोमिटर टाढाको घर लिएर गए। भिडिओमा छोरा र ज्वाइँले महिलाको अवस्थाबारे एक जना प्रहरीलाई बताएको देखिन्छ।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया