मंगलबार २८ बैशाख २०७८

काठमाडौ । कोरोना महामारीको असर सवारी चालक अनुमतिमा पनि परेको छ । सरकारले सवारी चालक अनुमतिको अनलाइन आवेदन र ट्रायल बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय महाामारीका रुपमा फैलिएको कोरोना नयाँ भेरियन्टको भएको र यो पहिलाको तुलनामा बढी संक्रामक भएकाले विशेष सावधान अपनाउन आवेदन र ट्रायल पनि बन्द गरिएको हो ।

सरकारले वैशाख १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दुवै सेवा बन्द भएको जनाएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा।लोकनाथ भुषालले त्यसको पुष्टि गर्दै विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारीका कारण बन्द गर्ने निर्णय लिएको बताए ।

१६ गतेदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनका लागि अब अर्को सूचना पर्खनुपर्नेछ । वाग्मती प्रदेशको भौतिक विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले काठमाडौं उपत्यकामा ट्रायल सेवा बन्द भएको जानकारी दिए। उपत्यकाबाहेकका स्थानमा भने यो सेवा निरन्तर चल्ने उनले बताए।

आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।

हाल २६ हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार नौ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १६० मा पोजिटिभ पाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७८ हजार ५०६ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ९०.५ प्रतिशतमा झरेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । कोरोना सङ्क्रमणले नेपालमा हालसम्म तीन हजार १९४ जनाको मृत्यु भएको हो ।हाल २६ हजार २२५ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया