बुधबार २९ बैशाख २०७८

सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ साउनेपानी अत्तरकाँडा निवासी चन्द्रकला शार्कीकाे मंगलबार बिहान स्कुल जाने क्रममा लडेर मृ’त्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कोभिडको जोखिम लाइ मध्यनजर गर्दै विद्यालयले आन्तरिक परिक्षा संचालन गरेपिछ भानुभक्त मावि दमाचाैरमा कक्षा १० मा अध्यनरत चन्द्रकला मंगलबार बिहानै गणित विषयको परिक्षा दिन भनेर हिडेकी थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

घरबाट विद्यालयसम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिदै गर्दा सल्लाको कुसुममा चिप्लिएपछि भीरबाट लडेको उनिसंगै हिडेका विद्यार्थीहरुले बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बाटोबाट लडेर करिब ४ सय मिटर तल पुगेको र बिहान किरब सवा ९ बजेकाे समयमा घटनास्थलमै उनको ज्यान गएको रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ र २ काे सिमानामा रहेकाे उक्त अत्तरकाँडा भीरबाट यसभन्दा अघि ६ जना भन्दा धेरै लडेर ज्यान गुमाइसकेकाे छत्रेश्वरी १ का वडा सदस्य प्रकाश हमालले बताए । दुइवटा वडाका नागरिक वारपार गर्ने उक्त ठाउँमा खाेला वारि र पारि दुवैतिर डेन्जर खालकाे भीर छ । स्रोत लेकालीअनलाइन बाट****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया