काठमाडौं। सौता भन्ने शब्द महिलाहरुलाई पटक्कै मन नपर्ने शब्द हो। महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदाहरणहरु छन्। महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित महिलाले सहनै नसक्ने कुरा हो – सौता।
उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन्। तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौताको खोजी गरिरहेका छन्।
गल्फ टुडेका अनुसार अदनान नामका यी पाकिस्तानी युवकले २२ वर्षको उमेरसम्म आइपुग्दा तीन बिहे गरिसकेका छन्। र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन्। उनका तीनैवटी श्रमिती उनीसँगै छन्। पाकिस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ। मुस्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो।
अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए। दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन्। अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो।
अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन् र उनीहरुलाई चौथी सौता पनि अंग्रेजीको एस अक्षरबाट नाम आउने नै चाहिएको छ। एस अक्षरबाट नाम आउने सौता आएमा घरमा खुसी रहिरहने उनीहरु मान्छन्।
अदनानका २ श्रीमतीका सन्तान पनि छन्। जेठी श्रीमती
शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन्। शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन्।
अदनानका तीन श्रीमतीहरुले उनीमाथि सबै श्रीमतीहरुलाई पूरा समय दिन नसकेको आरोप भने लगाउँछन् तर तीनैवटीले अदनान र बच्चाहरुको ख्याल गछृन्। अदनान तीनैजना श्रीमतीलाई प्रेम गर्छन्। उनको घरको एक महिनाको खर्च डेढ लाख पाकिस्तानी रुपैयाँ हुन्छ।