बिहिबार २३ बैशाख २०७८

शिशिर भण्डारीको पछिल्लो गीत फोटो फिरिममा २ गीत बिवादमा परेको छ । फोटो फिरिममा २ रुमाल चिनो छको पछिल्लो हरफ मायाको सम्झना फिर्ता दिनु छ, पुरानो लोकप्रिय गीत औंठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छसँग मिलेपछि शिशिर तनावमा छन् । टिकटकमा यि दुई गीतहरुका अंशहरुलाई जुधाएर धेरैले हालेका छन् । यस बिषयमा शिशिर भण्डारीले आफ्नो मत राखिसकेका छन् । उनले नेपाली गीतहरुका केहि शव्दहरु यस अगाढी धेरै गीतमा मिलेको र अहिले पनि धेरै गीतका शव्दहरु मिल्ने बताए । आफुले जानेर उक्त गीतबाट यस गीतको लागि शव्द नकोरेको उनको भनाई छ ।

रानो गीतलाई सुर्य कुमार क्षेत्रीले लेखेका थिए, जो अहिले स्वर्गिय भइृसक्नु भएको छ । शिशिरले गीतको शव्द जुध्दा सम्बन्धित श्रष्टालाई परेको असरप्रति क्षमा मागेका छन् । शशिरिले दर्शक, श्रोताहरुसँग राय, सल्लाह लिदै यस गीतमा आफुले गर्नुपर्ने सुधारहरुका बारेमा आफु तयार रहेको बताएका छन् । यसैबिच शिशिरले युट्युबबाट फोटो फिरिममा २ गीत हटाएका छन् । गीत किन हटाईयो भन्ने बारेमा धेरैले जिज्ञासा राखेपछि शिशिरले भिडियो मार्फत यस्तो भने । यसैबिच गीतको केहि शव्दहरु परिवर्तन गरेर गीत फेरी रेकर्ड गरिएको छ । प्रताप दास, रचना रिमाल र कुमार अभिले फेरी गीत गाएका छन् । गीत युटुबमा आईसक्यो (भिडियो हेर्नुस)

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया