शनिबार १६ साउन २०७८

केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ। यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ।

आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरीएको छ। यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस्। आज हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौ। यो तरीका अरुभन्दा फरक छ।

शायद तपाइले यस्तो कहिल्यै पनि गर्नु भएको छैन। बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केहि दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ। केहि मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन्।

अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउदैछौ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ। यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ।,,,भिडियो हेर्न तला क्लिक गर्नुहोला,,,

केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ। त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ।यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस्। निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ। साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ।

बनाउने विधि यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस् ।

यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस्। पुरै उम्लिसकेपछि केरालाई बोक्रा सहित सानो(सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस्।

१० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस्। यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ ।

तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ। सायद तपाईलाई थाहा छैन कि यसको बोक्रापनि धेरै गुणकारी हुन्छन्। केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ।,,,भिडियो हेर्न तला क्लिक गर्नुहोला,,,

२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया