मंगलबार ०७ चैत्र २०७९

दोस्रो चरणको कोरोना संक्रमणले भारतमा महामारीको रुप लिएको छ । दिनकै ३ लाख भन्दा बढी कोरोना संक्रमितहरु भेटिन थालेका छन् ।कोरोनाबाट निधन भएकाहरुको शव जलाउन पनि पालो कुर्नु पर्ने भएको अवस्थामा बलिउडका केही कलाकार भने माल्दिभ्समा मस्ति गरिरहेका छन् । जस्ले गर्दा फ्यानहरु अत्यन्तै दुखी भएका थिए ।

तर सलमान खान भने यतिबेला भारतमा नै छन् । उनले कोरोना संक्रमणमा परेकाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् ।

उनले ‘भाइजान किचेन’ को नाम मार्फत बान्द्रामा रहेका भोकाहरुको लागि खानेकुरा पठाइरहेका छन् । उनले लामोसमय देखि खाना पठाइरहेको छन् । उनले युवा सेनाको नेता राहुल कनालको साथमा लिएर दिनहुँ ५ हजार अग्रपंत्तिमा रहेका कामदारहरुको पेट भरिरहेका छन् ।

उनले भने, ‘८ दिनेदेखि मैले खाना पठाइरहेको छु । ७ दिन २४ सै घण्टा जनताको सेवामा खटिएका र खाना खानु नपाएका हरुको लागि केही गर्नुपर्छ भनेर मैले यो अभियान शुरु गरेको हुँ ।’

सलमानले सोमबार भाइजान किचेनमा पुगेर आफै खाना चाखेका थिए जस्को चौतर्फी चर्चा भइरहेको छ ।

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया