काठमाडौ । विवाहको मिति यत भइसकेको थियो । सबै तयारी पुरा भएको थियो । तर परिक्षणका क्रममा वेहुलालाई कोरोना पुष्टि भयो । सबै तयारी गरेको विवाह रोक्न पनि समस्या थियो । त्यसैले जुक्ति निकाले पीपीई लगाएर सुरक्षित तरिकाले विवाह सम्पन्न भयो । भारतको रतलाममा यस्तो घटना भएको हो । वेहुलाको लुगामा चिटिक्क पर्नुपर्ने दुलहा पीपीईमा सजिए ।
भारतको मध्यप्रदेशमा पीपीइ किट’ लगाएर एक जोडीले विवाह गरेका हुन्। बेहुला कोरोना पोजेटिभ भएका कारण पीपीई लगाएर विवाह गर्नुपरेको छ । सोमबार रतलाममा घरभित्रै दुलहा र दुलही र परिवारका निश्चत सदस्य बसेर विवहा सम्पन्न गरिएको हो। त्यसक्रममा सबैले पीपीइ लगाएका थिए। विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
रतलामका अधिकारीहरुका अनुसार दुलहामा अप्रिल १९ मा कोराना पुष्टि भएको थियो। कोरोना फैलिने सम्भावना रहेकाले अधिकारीहरु विवाह रोक्न पुगेका थिए। तर पछि स्वास्थ्य सतर्कता अपनाउँदै पीपीइ किट लगाएर विवाह भएको हो।