बुधबार १५ चैत्र २०७९

एजेन्सी । प्रेम सम्बन्ध स्वीकार नगरेका कारण आफ्नै दाईलाई संसारवाटै विदा गरिदिएको अभियोगमा भारतीय (कन्नड) फिल्मकी अभिनेत्री शनाया काटवे पक्राउ परेकी छन् । उनको दाईको शव शहरको विभिन्न स्थानमा फेला परेको थियो । अनुसन्धानका क्रममा घटनामा बहिनीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

यस अघि प्रहरीले पक्राउ गरेकाहरुले दिएको वयानका आधारमा घटनामा अभिनेत्रीको संलग्नता देखिएको हो । प्रहरीले शवका टु क्रा शहरको विभिन्न भागवाट संकलन गरेको थियो । आफ्नो प्रेम सम्बन्ध दाईले स्वीकार नगरेका कारण घटना भएको प्रारम्भिक अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ ।

प्रेमका बीचमा दाई त गा रो बन्न आएका कारण उनले दाईलाई नै हटाइदिने योजना बनाएको अनुसन्धानमा देखिएको छ । घटनामा उनका प्रेमीले पनि साथ दिएका छन् । प्रहरीका अनुसार राकेशको टा उ को देवरागुडीहलको जगंलमा फेला परेको थियो भने बाँकी भागहरु हुबली भन्ने स्थानको फरक–फरक ठाउँमा भेटिएको थियो ।

इन्डियन एक्सप्रेसमा प्रकाशीत समाचारअनुसार अनुसन्धान पछि प्रहरीले चारजनालाई पक्राउ गरेको हो । अन्य तीन जनाले दिएको वयानका आधारमा बहिनी पनि अनुसन्धानमा तानिएकी हुन् । पक्राउ पर्नेमा नियाज अहमद का टी गार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले रहेका छन्।

भारतीय मिडियाले गरेको दावी अनुसार शनाया र नियाज एकअर्कालाई माया गर्थे तर राकेशलाई उनीहरुको सम्बन्ध मन परेको थिएन ।
९अप्रिलमा शनाया आफ्नो फिल्मको प्रचारप्रसारका लागि हुबली गएकी थिईन त्यसै दिन घटना भएको बताइएको छ ।

५५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया