शुक्रबार ०४ आषाढ २०७८

विनोद र अनिता खड्कासंगै एउटै अस्पतालमा उनैको छेऊको एउटा बेडमा बोली गुमाएका श्रीराम पल्टि रहेका छन् । उनको रेखदेखकालागी उनकी दिदी र भाई अस्पतालमा कुरुवा छन् । पैसाको अभावले गर्दा श्रीराम र उनका दिदी भाईले अस्पताल छाड्न तरखर गर्दैछन् ।

उपचार गर्दागर्दै बितेको पनि १६ महिना भई सकेको छ । तर पनि श्रीरामको अवस्थामा कुनै सुधार आएन । लामो समयको अस्पताल बसाईपछि श्रीरामको उपचार खर्च जोहो गर्न उनका दिदी र भाईलाई हम्मे हम्मे परेको छ । एउटा दु र्घ ट नामा परेर श्रीरामले आफ्नो आवाज सधैंकालागी गुमाएका छन् ।

उनी बोल्न सक्दैनन् । तर अस्पतालको बेडमा लम्पसार परेर सबैको कुरा सुन्न सक्छन् । उनलाई उनको उपचारमा खटिएका डाक्टरहरुले र उनको रेखदेखमा बसेका उनका आफन्तहरुले भेनको कुरा सबै बुझदछन् तर बोली फर्काउन सक्दैनन् । श्रीराम एउटा व्यापारी हुन् । उनी अहिले यस्तो अवस्थामा अस्पतालको बेडमा जीवन र मृत्युसंग लडिरहंदा उनलाई उनको व्यापारको कति चिन्ता लागेको हुँदो हो ।

आफ्नै छेउमा अरु बोलेको सुन्दा उनलाई कति बोली फर्काउन मन लागेको हुँदो हो । तर के गर्नु मन लागेर पनि उनी बोल्न सक्दैनन् । केवल रोई रहन्छन् । उनको रेखदेखमा खटिएकी दिदीको भनाई अुनसार दु र्घ ट ना भएको केही समयसम्म त गाडी वालाहरुले नै आर्थिक सहयोग गरे रे । तर तुरुन्तै लागेको लकडाउनको कारणले गर्दा उनीहरुले पनि सहयोग दिन सकेनछन् । त्यसपछिको आर्थिक सहयोग आफन्तहरुले दिएर श्रीरामको उपचार भई रहेको रहेछ

अहिले त त्योपनि सकिएको दिदीले सुनाईन् । पैसा अभावकै कारण जीउँदो लास जस्तो भाईलाई अस्पतालको बेडबाट फर्काएर लैजाँदै गर्दा लोक गायिका टिका सानु भने केही आर्थिक सहयोग लिएर श्रीरामको बेडमा पुगेकी छन् । टिकाको उदार मन र सहयोगी भावनालाई देखेर बोल्न नसकेपनि श्रीरामले आखाँको आँशु बगाएरै उनलाई धन्यबाद दिए ।

श्रीरामको अवस्था देखेर टीका पनि रोईन् । टिकाले श्रीरामको मनको कुरा जब अनुभूति गर्दै एउटा अनुमानमा बोलिन् तब श्रीराम बोल्न नसकेपनि साह्रै नमज्जाले रोए । भिडियोसहित

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया