बुधबार १५ चैत्र २०७९

काठामाडौ । १४ वर्षीय किशोरले दीपाश्री निरौला, सरोज खनाल,दयाराम पाण्डे, सुशील नेपाललगायत चल्तीका १० कलाकारलाई हत्तु खेलाइदिएका छन् । चल्तीका कलाकर्मी दीपाश्री निरौलाको फेसबुक ह्याक भएपछि उनी प्रहरीको साइबर ब्युरो गुहार्न पुगिन् ।

दीपाकै उजुरीको आधारमा साइबर व्युरोले पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय किशोरलाई समातेर अनुसन्धान थाल्यो अनुसन्धानको क्रममा खुल्यो बालकले प्रविधिको उच्चतम ज्ञान वा तालिम नै लिएका रहेनछन् । उनले गुगल सर्च इञ्जिनको सहारा लिएर हाउ टु ह्याक फेसबुकमार्फत चल्तीका कलाकर्मीको फेसबुक ह्याक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । ती किशोरले पैसा कमाउने उद्देश्यले नभई अनलाइन गेम पब्जी खेल्ने रहर पूरा गर्न चल्तीका कलाकारको फेसबुक ह्याक गरेको खुलेको प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जनआस्थालाई सुनाए ।

उनले दीपाश्री निरौलाको फेसबुक ह्याक गरेर आफन्तसँग २५ हजार रकम मागी पब्जी खेलेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले पर्साबाट समाएर अहिले टेकुमा राखी प्रारम्भिक अनुसन्धान गर्दा अनलाइनमा पब्जी गेम खेल्नका लागि पैसा आवश्यक भएका कारण उनले सेलिब्रेटीको फेसबुक ह्याक गरेको खुलेको हो । पढाइमा अब्बल ती १४ बर्षे बालकले पढाइबाट बचेको समय फेसबुक चलाउने र पब्जी खेल्दै आएका थिए । पब्जीका लागि उनलाई आवश्यक प¥यो पैसा । त्यही पैसा जोहो गर्ने नाममा कलाकारको फेसबुकमा अनधिकृत रुपमा छिरेर तिनका आफन्तसँग पैसा माग्न थालेपछि फन्दामा परेका हुन् ।

२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया