मंगलबार ०७ चैत्र २०७९

मोटरसाइकल भीरबाट खस्दा पोखराका एक युवाको ज्यान गएको छ । शुक्रबार दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका ४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २७ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख, डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो ।

डिएसपी भण्डारीका अनुसार मोटरसाइकलबाट अन्दाजी १५० मिटर तल कालिगण्डकी खोंचमा खसेका पौडेललाई घाँसा स्वास्थ्य चौकीको टोलीले मृत घोषणा गरेको हो ।पौडेलको शवको पोष्टमार्टम गरी शनिबार आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

९९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया