
केही दिनदेखि धरहराका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । भूकम्पले भ’त्केको ऐतिहासिक संरचनाको सफलतापूर्वक पुनर्निमाण गरेकोमा सरकारले जनताबाट धन्यवाद खाइरहेको छ । कसैले चाहिँ धरहरा बनाउने पैसाले यतिवटा अस्पताल बन्थे भनेर हिसाब पनि निकालिरहेका छन् ।
यता, रमिलाको मनमा चाहिँ अर्कै हलचल छ । उनको मा’नसपटलमा अहिले घुमिरहेका छन् आजभन्दा ६ वर्षअगाडिका परिदृष्यहरु । २०७२ सालको वैशाख १२ गते पनि उनी यहाँ आएकी थइन् । धरहरा चढेकी थिइन् । माथि पुगेर उ’ल्लासित बन्दै चि’च्याएकी थिइन् । त्यसपछि भने के-के भयो न उनी सम्झिन सक्छिन्, न सम्झिन चाहन्छिन् ।
हो, भूकम्पले देश ह’ल्लाएको क्षण रमिला धरहराको टुप्पोमा थिइन् । धरहरा ढ’लेसँगै उनी भूइमा ब’जारिएकी थिइन् । तर, बाँ’चेकी थिइन् ।भूकम्पले भ’त्केको धरहराको ठू’टो अहिले पनि त्यही अवस्थामा छ । त्यो ठू’टोलाई चिनोका रुपमा यत्तिकै छो’पछाप पारेर अर्को धरहराको नवनिर्माण भएको छ । नवनिर्मित धरहराको उद्घाटन हुने अघिल्लो दिन रमिला यहाँ आएकी छन् ।
नयाँ धरहरा देख्दा कस्तो लाग्यो उनलाई ?-‘खुशी लाग्या छ,’ आँखाको कालो चश्मालाई टाउकोमा ध’केल्दै भनिन्, ‘तर, कस्तो ड’र पनि लागिराख्या छ ।’धराहरातर्फ औं’ल्याउँदै भनिन्, ‘मैले मात्र हैन, ऊ… त्यसले पनि पुनःजीवन पायो ।’धरहराबाट ख’सेपछि चो’टग्र’स्त भएको रमिलाको खुट्टा पनि भर्खरै ठिक भएको छ । एक वर्ष अगाडि उनले खुट्टामा रा’खिएको स्टि’ल झि’केकी थिइन् ।
‘म पनि उभिएँ, धरहरा पनि उ’भियो,’ उनले ग’र्वको भावमा भनिन् ।त्यसदिन साथी सञ्जीव श्रेष्ठसँग रमिला सुन्धारा घुम्न निस्किएकी थिइन् । एकोहोरो हिँडिरहेका उनीहरूले अगाडि धराहरा देखे ।सञ्जिबले भने- चढ्ने हो ? रमिलाले सहमति जनाइन् ।दुवै उत्’साहसाथ धराहरातर्फ लागे ।
टिकट का’टे । अनि, रमिला साथीको अघिअघि सिँढी उ’क्लिइन् । माथि रेलिङमा पुगेर काठमाडौं नि’याल्दै रमाए उनीहरु । तर केहीबेरमै अ’चानक धरहरा ह’ल्लिन था’ल्यो । उनीहरुले केही मेसो पाउन नसक्दै धरहरा ग’ल्र्याम्गु’र्लुम् भयो ।९ तले धरहराबाट उ’छिट्टिएर उनीहरु तल भूईमा ब’जारिएका थिए ।
रमिला बे’होश थिइन् ।‘हो’स आउँदा त म हस्पिटलमा थिएँ । अरुको फोन मागेर घरमा खबर गरेकी थिएँ । हो’स जाने आउने भइरहेको थियो,’ रमिला सुनाउँछिन् ।उनको गो’डा भाँ’चिएको थियो भने उनका साथीको हात । त्यही गोडा ठीक हुन निकै समय लाग्यो रमिलाको । टाउको र अनुहारका भा’गमा पनि चो’ट लागेका थिए ।
एक महिना अस्पताल ब’सिन् रमिला । अस्पताल बस्दा पनि प’राकम्पनहरु आइरहन्थे । उनको सातो जान्थ्यो । ज्यान बाँ’च्दाको खुसी त थियो नै । पटक-पटक प’राकम्प आउँदा अब बाँ’चिन्न कि भनेझैं भइरहन्थ्यो ।अस्पतालमा पहिलोपटक गोडाको श’ल्यक्रिया बि’ग्रियो ।
जसले गर्दा उनले थप दुःख झे’लिन् । पछि गो’डामा स्टि’ल राखिएको थियो । झण्डै डेढ वर्ष त वै’शाखी टे’केर हिँडिन् ।‘स्टि’ल नि’कालेको एक वर्ष भयो । तर, पूरा नि’को भएको छैन । बेला-बेला दु’खिरहन्छ,’ उनी सुनाउँछिन् ।घरको आर्थिक अवस्था ब’लियो थिएन ।
सुरुमा सरकारले उपचार गरे पनि सबै खर्च आफैंले व्य’होर्नुपर्यो । बुवाले ऋण-धन गरेर उनको उपचार गराए ।धराहराबाटै ख’सेका एक जनासँग उनको पछि भेट भयो । त्यो भेटले उनको मन नराम्ररी ह’तासियो ।‘उहाँको त खुट्टा नै का’टेको रहेछ । त्यो देख्दा आफूलाई भा’ग्यमानी सम्झिएँ,’ उनले भनिन् ।
भूकम्प जाँदा रमिला कक्षा ९ मा पढ्थिन् । घा’इते शरीरका कारण एक वर्ष पढाइ छुट्यो । अहिले उनले प्लस टुको परीक्षा सि’ध्याएकी छन् । ब्या’चलर पढ्ने तयारीमा छिन् ।हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यतिबेला मिडियामा रमिलाको खोजी हुन्छ ।बाँकी अरु दिन कसैले सम्झिँदैन ।
यसमा रमिलाको ठूलो गु’नासो छ ।‘मलाई अब अन्तर्वार्ता दिन पनि मन लाग्दैन । जति अन्तरवार्ता दिए पनि कसैले केही गरेको होइन । न उपचार खर्च पाएँ, न रोजगारी । मिडियाले पनि हाम्रो दु:ख देखाएर भ्यूज कमाउँछन्, तर सहयोग गर्दैनन्,’ रमिलाले हामीलाई नै झ’टारो हा’निन् ।
उनलाई यतिबेला रोजगारी चाहिएको छ । बुवाको सामान्य खे’तिकिसानीले परिवारको भ’रणपोषण गाह्रो हुँदै गएको उनले बुझेकी छन् । भाइ सानै छ । त्यसैले आफैंले कमाएर परिवारलाई स’हारा दिन चाहिन्छन् । सँगसँगै पढाइलाई पनि निरन्तरता दिनु छ ।‘घरमा बा आमा हुनुहुन्छ ।
उहाँहरू उ’कालो-ओरालो गर्न सक्नुहुन्न । शरीर क’मजोर भएको छ । अब त मैले पनि केही गर्न पाए हुने,’ उनी मलिन सुनिइन् ।रमिलाले हामीसँग आफ्नो एउटा इच्छा सुनाइन् ।‘धरहरामा यत्रो काम भइरहेको छ, मलाई पनि सरकारले यहीँ रोजगारी मिलाइदिए हुन्थ्यो’ उनले भनिन्, ‘लौन, तपाईंहरुले पनि भनिदिनु ।’
जुन धरहराबाट खसेर पनि उनको ज्यान बाँ’च्यो, त्यही धरहरामा रोजगारी गर्ने रमिलाको इच्छा अर्थपूर्ण थियो । के उनलाई यहाँ काम लाग्दैन ।‘एक-दुई दिन पो ड’र लाग्ला । सँधै डराएरै बस्न पनि त भएन,’ उनले भनिन्, ‘म यहाँबाट ख’सेर बाँ’चेकी छु, अब मैले यहीँ काम पाउनुपर्छ ।’
भोली हुने धरहराको उद्घाटनमा ‘आउनुपर्छ है’ भनेर पुनर्निमाण प्राधिकरणबाट उनलाई फोन आएको छ । निम्तो कार्ड पनि आउने ब’ताइएको भए पनि उनले पाएकी छैनन् ।‘खोइ जाउँ कि नजाउँ,’ उनले अ’न्योल मुद्रामा भनिन् । नेपाल प्रेस