बुधबार २९ बैशाख २०७८

आफ्नै विद्यालयमा अध्ययनरत ११ वर्षकी बालिकालाई विद्यालयका प्रधानअध्यापकले नै गलत कर्म गरेको खुलेको छ । यो घटना भारतको हो । त्यस्तो काम गर्ने प्रधानअध्यापकलाई जन्म कैदको सजाय घोषणा गरिएको छ ।

भारतीय मिडियाले प्रधानअध्यापकलाई सुनाइएको स जा यका बारेमा उल्लेख गरेका छन् । भारतको बिहार राज्यको राजधानी पट्नामा रहेको विद्यालयमा कक्षा पाँचमा पढ्ने बालिकामाथि प्रधानाध्यापक अरविन्द कुमारले गलत कर्म गरेका थिए।

उनलाई त्यहाँको नागरिक अदालतले सजाय सुनाएको एनडीटीभीले जनाएको छ। यस घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई भने जन्म कै दको फै’सला सुनाइएको छ।

यो घटना झन्डै तीन वर्ष अगाडिको हो। अदालतले जरिवाना स्वरुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अर्का कर्मचारीलाई ५० हजार पनि तिराएको छ। पटनाको फुलवारीसरिफ क्षेत्रको न्यु सेन्ट्रल पब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घटना भएको थियो। बालिका ग र्भवती भएपछि मात्र घटना सार्वजनिक भएको थियो।

बालिकाले आफ्नी आमालाई पे’ट दु’खेको बताएपछि अस्पतालमा उनी गर्भवती भएको पत्ता लागेको थियो। त्यसपछि बालिकाले प्रधानाध्यापकले उनको कक्षमै आफूमाथि घटना भएको बताएकी थिइन् । एजेन्सी ।

यो पनि : किशोरीलाई आइरन किन?

किशोर अवस्थालाई बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रुपमा लिइन्छ । किशोर अवस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ।

विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोर अवस्था भनी परिभाषित गरेको छ। किशोर अवस्थामा वयस्क अवस्थाको ४० देखि ६५ प्रतिशत तौल र १५ देखि २० प्रतिशतसम्म उचाइ हासिल हुन्छ।

किशोरा अवस्थामा तीव्र दरमा शारीरिक वृद्धि विकास हुने भएकोले पोषणको आवश्यकता बढी हुन्छ। पोषणतत्व अधिक आवश्यकता हुने भए तापनि विभिन्न कारणहरु (सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदि) ले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो।

रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्थाहो। रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो। नेपालमा जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार मुलुकका करिब ३५ प्रतिशत प्रजनन उमेरका महिलाहरु रक्तअल्पताबाट पीडित छन् भने ३९ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या देखिएको छ।

नेपाल सरकारले रक्तअल्पताको समस्यालाई समाधान गर्न विभिन्न कदम चालिरहेको छ। विगत केही वर्षमा यसको प्रतिशत घटे पनि विश्व स्वास्थ्य संगठनका अनुसार नेपालका किशोरीहरुमा रक्तअल्पता मध्यम जनस्वास्थ्य समस्याको रुपमा रहको छ। यदि यो समस्या ४० प्रतिशतभन्दा बढी किशोरीहरुमा देखिएमा गम्भीर समस्याको रुपमा रहने छ।

ऋाजका किशोरी भनेका भोलिका आमा हुन्। यदि किशोरी कुपोषित भइन् भने भोलि जन्मने बच्चा पनि कम तौलको र कुपोषित जन्मिन सक्छ, जसले परिवार, समाज र सिंगो राष्ट्रको विकासको लागि नराम्रो असर गर्नसक्छ।

किशोरीहरुमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शरीर पूर्ण रुपमा वृद्धि नहुने, कमजोर वौद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्य सम्पादन र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्या देखिन्छन्। साथै विभिन्न अनुसन्धानका अनुसार रुक्तअल्पता भएका किशोरीहरु पछि गर्भवती भएमा समयभन्दा अगाडि शिशु जन्माउने र कमतौलको शिशु जन्माउने जस्ता जोखिम व्यहोर्नुपर्ने हुन्छ।

शरीरको करिब ६५ देखि ७५ प्रतिशत आइरन हेमोग्लोबिनको रुपमा रगतमा पाइन्छ। आइरनको आपूर्ति कम भएमा हेमोग्लोबिन निर्माण प्रभावित हुन्छ। नेपालमा विद्यमान रक्तअल्पताका विभिन्न कारणमध्ये प्रमुख कारण दैनिक आहारमा आइरनयुक्त खानाको कमी हुनु हो।

पोषणयुक्त खाद्यपदार्थको रोजाइबारे कम चेतना, विभिन्न सांस्कृतिक तथा परम्परागत प्रचलन, जुकाको सक्रमण र किशोरीमा रजस्वला चक्र सुरु हुने कारणले गर्दा यो उमेर समूहमा आइरनको आवश्यकता बढी रहेको हुन्छ।

कलिलो उमेरमा विवाह, किशोरावस्थामा गर्भधारण, पटकपटक गर्भवती हुने जस्ता कारणले गर्दा पनि किशोरीहरु आइरनको कमीबाट रक्तअल्पताको जोखिममा पर्छन्।

मुलुकमा विभिन्न समुदाय र क्षेत्रमा किशोरीहरुमा रक्तअल्पताको प्रकोप फरकफरक रहेको छ। पर्यावरणीय क्षेत्र अनुसार हेर्दा तराई क्षेत्रमा रक्तअल्पता ४२ प्रतिशत छ भने पहाडी र हिमाली क्षेत्रमा करिब २७ प्रतिशत (नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०११) रहेको छ।

रक्तअल्पताको न्यूनीकरणको लागि विश्वव्यापी धेरै पहल भएका छन् जसमध्ये किशोरीहरुलाई हप्ताको एक दिन आइरन चक्की खुवाउने कार्यक्रम पनि प्रमुख रहेको छ। भारत, लाओस, भियतनाम, फिलिपिन्स लगायतका देशले किशोरीलाई आइरन चक्की प्रदान गरी रक्तअल्पता घटाउनमा सफल भएका छन्।

विश्व स्वास्थ्य संगठनको सिफारिसलाई आधार मानी विभिन्न देशले आफ्नो देशको आवश्यकताअनुसार किशोरीलाई आइरन फोलिक एसिडको मात्रा निर्धारण गरी वितरण गर्दै आएको छ। नेपालमा पनि १० देखि १९ वर्षका किशोरीलाई वर्षमा २६ हप्ता (१३÷१३ हप्ता) आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ।

प्रत्येक हप्ता एक चक्कीको दरले साउन, भदौ, असोज महिनामा आइरन चक्की खुवाउने, कात्तिक, मंसिर, पुसमा नखुवाउने माघ, फाल्गुन र चैत महिनामा आइरन चक्की खुवाउने तथा वैशाख, जेठ, असारमा नखुवाउने गरी विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा शिक्षकको माध्यमबाट र विद्यालय नजाने किशोरीलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत खुवाउने गरिन्छ। धेरै स्थानीय तहहरुमा हप्ताको एउटै बार आइरन चक्की खुवाइन्छ। यद्यपि यो कार्यक्रम सबै जिल्लामा कार्यक्रम लागू हुन भने बाकी रहेको छ।

आइरन फोलिक एसिड खाएपछि कुनै किशोरीलाई सामान्य असरहरु जस्तैः वाकवाकी लाग्ने, छाती पोल्ने, कब्जियत हुने, कालो दिसा हुने आदि समस्या देखा पर्नसक्छ तर ती असरहरु आफैं ठिक भएर जाने हुन्छन्। त्यस्तो समस्या भएका किशोरीहरु वा अभिभावक नजिकैको स्वास्थ्य संस्थामा परामर्शको लागि जान सक्छन्।

नेपालमा १२ प्रतिशत किशोरीहरु रहे तापनि २९ प्रतिशत महिला विद्यालय भर्ना भएका छैनन् भने भर्ना भएकाहरुमध्ये १० देखि १९ वर्षका किशोरीको कक्षामा हाजिरी विभिन्न कारणले निकै कम भएको पाइन्छ। सम्पूर्ण किशोरीहरुलाई समेटी कार्यक्रमलाई प्रभावकारी बनाउनु एकदमै चुनौतीको विषय रहेको छ।

किशोरीलाई आइरन चक्की वितरण गर्दा स्वास्थ्य र शिक्षा क्षेत्रको समन्वय, स्थानीय तहको दायित्व, जिम्मेवारी र नेतृत्व पनि महत्वपूर्ण देखिन्छ। स्वस्थ रही बाँच्न पाउनुपर्ने प्रत्येक किशोरीको अधिकार हो जो नेपालको संविधानले पनि सुनिश्चित गरेको छ। यस कार्यक्रममा सम्पूर्ण किशोरीहरु समेटिएमा मात्र अन्तरपुस्ता चक्रमा हुनसक्ने रक्तअल्पतालाई कम गर्न सकिन्छ।

नेपालमा रक्तअल्पता न्यूनीकरणको लागि अन्य विभिन्न कार्यक्रम, नीति तथा रणनीति लिइएको छ जसमध्ये महिला तथा बालबालिकाको रक्तअल्पता नियन्त्रण गर्न राष्ट्रिय रणनीति २०६४, बहुक्षेत्रीय पोषण योजना, राष्ट्रिय पोषण नीति आदि रहेका छन्। जसले किशोरीको पोषणलाई सम्बोधन गरेको छ।

साधारणतया आइरन प्राणीजन्य र वनस्पतिजन्य स्रोतहरुबाट पाइन्छ। प्राणीजन्य स्रोतबाट पाइने आइरनलाई हिम आइरन भनिन्छ भने वनस्पतिजन्य स्रोतबाट पाइने आइरनलाई नन् हिम आइरन भनिन्छ।

पोषणको दृष्टिकोणले प्राणीजन्य स्रोतबाट पाइने आइरनलाई राम्रो मानिन्छ, किनकी यसको शोषण शरीरमा बढी मात्रामा हुन्छ। नन् हिम आइरनको शोषण २ देखि २० प्रतिशत हुन्छ भने हिम आइरनको शोषण १५ देखि ३५ प्रतिशत हुन्छ।

वनस्पतिजन्य आइरन शरीरमा शोषण हुनको लागि भिटामिन सीयुक्त खानेकुराहरु जस्तैः कागती, निबुवा, सुन्तला खान जरुरी हुन्छ। अन्यथा शरीरमा यसको शोषण कम हुन्छ।

केही खाद्यपर्दाथहरु जस्तैः दूध, कफी आदिले शरीरमा आइरनको शोषण हुनमा अवरोध पु¥याउँछन्। तसर्थ आइरनयुक्त खानेकुरा खाँदा ती खाद्यपदार्थको सेवन गर्नुहुँदैन र गर्नु नै परेमा एक घण्टा पछाडि वा एक घण्टा अगाडि उपयुक्त हुन्छ।

पोषणको अवस्थामा सुधार र रक्तअल्पताको समस्याबाट बच्नकोे लागि दिनहुँ खाने खानामा थोरै मात्रामा भए पनि स्थानीय रुपमा उपलब्ध हुने साग, तरकारी, गेडागुडी, फलफूल, माछा, मासु आदि नियमित रुपमा खाने गर्नुपर्छ।

१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया