मंगलबार ०७ चैत्र २०७९

लामो समयको प्रतिक्षापछि नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भएको छ । यात्री मोटरसाइकल नामक नेपाली स्टा’र्टअप कम्पनीले साढे ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा मोडेल सार्वजनिक गरिएको हो ।

कम्पनीले सुरुवाती समयमा पी जे’रो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । बाइक सार्वजनिक भएसँगै यसको प्रिअर्डर समेत खुल्ला भएको यात्री मोटरसाइकलका सहसंस्थापक असिम पाण्डेले बताए ।कम्पनीको वेबसाइटबाटै यात्री मोटरसाइकलको प्रिअर्डर गर्न सकिनेछ ।

कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ भने पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।प्रि अर्डर प्राप्त भएको ४ महिनामा मोटरबाइक उपलब्ध गराइने कम्पनीले जनाएको छ । कुराकानीमा सहसंस्थापक पाण्डेले शक्तिशाली र अ’त्याधुनिक ब्याट्री प्रयोग गरिएकै कारण बाइकको मूल्य केही महंगो हुन पुगेको बताए ।

कम्पनीका अर्का सहसंस्थापक बत्सल पाण्डेले यात्री पी वान जेरो आफूहरुको फ्ल्या’गशिप मोडल भएको बताए । ‘यो हामीहरुले नेपालमा अधिकतम कतिसम्म गर्न सक्छौं भन्ने प्रयास देखाउन तयार पारिएको मोडल हो,’ उनले भने, ‘अधिकतम गुणस्तर, रेञ्ज, प’र्फर्मेन्स सबै हिसाबले प्रिमियम उत्पादन बनाउन खोज्दा यो मोडल महंगो हुन पुगेको हो ।’

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गु’ड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति प’कड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गु’ड्न सक्ने दाबी गरिएको छ ।यसको तौल १९५ केजी रहेको छ ।

त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चा’र्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।लिथियम आयन ब्याट्री राखिएका यात्रीका मोटरसाइकलमा हाई चार्ज र हाई डि’स्चार गर्न सकिने र्‍या’पिड चार्ज प्रविधि प्रयोग गरिएको छ । जसबाट २ घण्टामै मोटरसाइकल फुल चा’र्ज गर्न सकिन्छ ।

यसका साथै बाइकमा अ’नबोर्ड चार्जरको सुविधा समेत रहेको छ । यसको अर्थ छुट्टै चा’र्जर बोक्नुपर्ने झ’न्झट समेत हुँदैन ।अहिले बजारमा सिं’गल चार्जमा ६० देखि ७० किलोमिटरसम्म गु’ड्ने विदेशी बाइकहरु छन्, त्यस्ता बाइकहरुकै मूल्य ४ देखि साढे चार लाख रुपैयाँसम्म छ,’ पाण्डे भन्छन्, ‘त्यस हिसाबले हाम्रो यात्री बाइक खासै महंगो होइन ।’

बाइकको प’र्फर्मेन्समा आफूहरुले निकै ध्यान दिएको उनको भनाई छ । फोरजी इन्टरनेट क’नेक्टिभिटी राखिएको बाइकमा आफ्नै ने’भिगेसन समेत रहेको छ । यसबाट बाइकबाट टाढा रहेको अवस्थामा समेत चा’र्ज ट्र्या’क गर्न सकिन्छ । फो’रजीका लागि सिम र क’नेक्टिभिटीका लागि आवश्यक डेटाको ट’पअप कम्पनीले नै गरिदिनेछ ।

कम्पनीका सहसंस्थापक असिम पाण्डको नेतृत्वमा डिसेम्बर २०१७ देखि यात्री मोटरसाइकलको डिजाइन तथा डे’भलपमेन्टको काम सुरु भएको थियो । पाण्डेले नेदरल्याण्डको डे’ल्फ युनिभर्सिटी अफ टे’क्नोलोजीबाट अ’टोमोटिभ डिजाइन तथा ए’रोस्पेस स्ट’क्चर एन्ड म’टेरियल्समा इन्जिनियरिङको अध्ययन पुरा गरेका छन् ।

नेदरल्याण्डमा जर्मन कम्पनी आ’उडी र ड’च कम्पनी डो’मकर भो’र्टको सहकार्यमा बनेको जीटीओआरएस स्पो’र्ट्स कार निर्माणका क्रममा अ’सिमले अ’टोमोबाइल उद्योगको अनुभव प्राप्त गरेका थिए । त्यसका साथै नेपाली प्रविधि वर्षापम्मको अनुसन्धान र विकासमा समेत उनी संलग्न रहे ।

उनको ने’तृत्वमा अहिले २२ जना इन्जिनियर सहितको टिमले यात्री मोटरसाइकल निर्माणका लागि काम गरिरहेको छ । त्यसका लागि चितवनमा फ्या’क्ट्री स्थापना गरिएको छ । प्रि’अर्डरका आधारमा बाइकहरु तयार पारिने भन्दै पाण्डेले एक वर्षभित्र चार हजार बाइक निर्माण गर्ने लक्ष्य रहेको बताए।

‘बजारको मागको आधारमा हामी क्रमशः उद्योगको क्षमता बढाउँदै जाने योजनामा छौं,’ उनले भने, ‘यसका लागि हामीले विश्वस्तरको मा’पदण्ड अ’पनाएका छौं ।’ सुरुवाती चरणमा नेपाललाई ल’क्षित गरिए पनि अबको एक दुई वर्षमा विश्व बजारमा प्रवेश गर्ने कम्पनीको लक्ष्य छ ।नयाँ पुस्तामा नेपालमै केही गर्न सकिन्छ भन्ने आ’त्मविश्वास पैदा गर्न यात्री एउटा उदाहरणीय प्रयास भएको ब’त्सलको भनाई छ ।

‘यात्री सफल भए विदेशका ठूला ठूला कम्पनीमा काम गरिरहेका नेपाली युवाहरु पनि नेपाल फ’र्किन प्रेरणा मिल्ने हाम्रो आशा छ,’ उनले भने, ‘यसको सफलतामा सरकारको नी’तिले पनि महत्वपूर्ण अर्थ राख्छ ।यसका लागि स्वदेशमै उत्पादन हुने वि’द्युतीय सवारीलाई अनुदान दिने, कर छूट दिने नीति आवश्यक छ ।’

ठूलो मात्रामा बाइक बिक्री गर्न सकेको खण्डमा पेट्रोलबाट चल्ने मोटरसाइकलसँग समेत मूल्यमा आफूहरु प्र’तिस्पर्धा गर्न सक्षम हुने यात्री मोटरसाइकलका दुवै सहसंस्थापकको वि’श्वास छ ।यात्री मोटरसाइकलका संह संस्थापक ३१ वर्षे असिम र ३५ ब’त्सल दाजुभाइ हुन् । ब’त्सलले अमेरिकाबाट बि’जनेस म्यानेजमेन्ट विषयको पढाई पुरा गरेका छन् ।

४५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया