
काठमाडौ । बाँकेमा कोरोना संक्रमितको संख्या बढेर आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने विरामीको चाप छ । सबै वेड भरिएको छ । तर अस्पतालमा अक्सिजनको अभावका कारण भर्ना भएका विरामीलाई पनि उपचारमा समस्या भएपछि नीजि क्षेत्रवाट सहयोग जुटाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले आफ्नो व्यक्तिगत तर्फबाट अस्पताललाई २०० अक्सिजन शिलेन्डर बराबरको रकम भेरी अस्पताललाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाब भइरहेको कुरा बाहिर आएपछि समाज सेवीहरुले सहयोग गर्न थालेका हुन् । बेहनाले आफ्नो व्यक्तिगत तर्फबाट अस्पताललाई २०० अक्सिजन शिलेन्डर बराबरको रकम भेरी अस्पताललाई हस्तान्तरण गर्ने घोषणा गरेको बताइएको छ । स्थानिय पत्रकार आलम खानले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराएका छन् ।
त्यस्तै कोबिड का कारण जीवन मृत्युको दोसाँधमा रहेका बिरामी र अनियन्त्रित बिरामीको चापले लाचार भेरी अस्पताल र डाक्टरहरुलाई सहयोग पुर्याउन हेमन्त राज काफ्लेले अस्पतालको लागि एक हजार कार्यक्रम सुरु गरेका छन् । स्थानिय तह वा सरकारका तर्फवाट विशेष पहल नभएको बेलामा बाँकेमा स्वतफुर्त रुपमा सहयोग जुटाउन थालिएको छ ।