बुधबार १५ चैत्र २०७९

प्रहरीले पक्राउ गर्न आएपछि एक जना युवाले अनौठो उपाय अपनाएका छन् । प्रहरीवाट बच्न उनले आफ्ना सबै लुगा फुकालेका छन् ।शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा प्रहरीले एक जनालाई पक्राउ गर्न खोजेको थियो । उनले प्रहरी माथि यस अघि आ’क्र’मण गरेका थिए ।

महाकाली नगरपालिका ७ दोधाराका विरेन्द्र बोगटीले प्रहरी पक्राउ गर्न आएपछि अनौठो ब्यवहार देखाएका हुन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले अहिले भने उनलाई पक्राउ गरिएको बताएका छन् ।

डयुटीमा रहेका प्रहरी माथि आ’क्र’मण गरेका बोगटीलाई पक्राउ गर्ने क्रममा उनले सबै लुगा खोलेका अनौठो ब्यवहार देखाएका हुन् । उनलाई अहिले पक्राउ गरेर आवश्यक अनुसन्धानको कार्य भैरहेको प्रहरीले जनाएको छ ।

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ । विराटनगरमा आफ्नो पिता गिरिजासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरिसक्नुभएको थियो ।

सुजाताले ‘आफ्नो मेहनतबाट आर्जन गरेको’ साठी आना जग्गासहितको आफू बस्दै आएको मण्डिखाटारस्थित घर बिक्रीका निम्ति हालै बैना लिनुभएको छ ।प्राप्त जानकारीअनुसार उहाँले उक्त घर जग्गा करिब रु. बाइस करोडमा बिक्री गर्न लाग्नु भएको र बैनावापत तीन करोड रूपैयाँ बुझिलिनुभएको छ ।

यसअघि उक्त घरजग्गा बिक्री गर्न विराटनगरस्थित नोवल मेडिकल कलेजका सुनिल शर्मासँग सुजाताले दुई करोड बैनावापत बुझ्नुभएको थियो ।विराटनगरकै एक बिस्कुट उद्योगको समेत मालिक रहेका मारवाडी ब्यापारीसँग तीन करोड रूपैयाँ बैनावापत बुझेर सुनिलसँग बुझेको रकम फिर्ता गरिदिएको समाचारसुत्रहरूले जनाएका छन् ।

गत वर्ष सुनिल शर्माले एक्काइस करोडमा उक्त जमिन खरिद गर्न बैना दिएका थिए । सो सम्पत्तिमा कुनै पनि किसिमले दाबी गर्ने छैन भनी छोराले समेत कागज गरिदिनुपर्ने शर्त सुनिलले सुजातासमक्ष राखेका,तर सुजाताले छोराको दस्तखत गराउन नसकेपछि सुनिल बैना फिर्ता लिन बाध्य भएका थिए ।

विदेशी नागरिक आफ्ना एक छोरा र छोरीलाई सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा ‘एनआरएन’को विशेष परिचयपत्र बनाइदिनुभएको थियो । आमा सुजातासँग मनमुटाव भएपछि छोरा आफ्नो परिवारसहित बुढानिलकण्ठमा बस्दै आएका छन् ।

छोराको दस्तखतबिना जग्गा खरिद गर्न सुनिल राजि नभएपछि सुजाताले सहयोगीहरू केशव दुलाल र अनिल आचार्यमार्फत नयाँ ग्राहक फेला पार्नुभएको थियो । अब तीन महिनाभित्र सुजाताले उक्त घर खालि गराइ रजिष्टे«सन पास गरिदिनुपर्ने छ ।गिरिजाप्रसाद कोइराला सत्ता र शक्तिमा रहँदै ‘निकै दुःख गरेर’ सुजाताले आर्जन गर्नुभएको सो घरजग्गा विनोद अग्रवाल नामक एक मारवाडी व्यापारीकी पत्नीको नाममा राखिएको थियो ।

करिव चार वर्षअघि मात्र उहाँले आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउनुभएको थियो ।त्यसअघि सुजाता (अहिले प्रचण्डले झैँँ) विनोदको घर भाडामा लिएर बसेको बताउने गर्नुहुन्थ्यो । आफ्नो नाममा जमिन ल्याउँदा ५७ आना मात्र रहेको र तीन आना जमिन अरु कसैको नाममा भएको फेला परेपछि नापी विभागका तत्कालिक कर्मचारी नारायणप्रसाद चौधरीको विशेष सहयोगमा ‘मिलाएर’ तीन आना थपिएको थियो ।

गिरिजाप्रसाद कोइराला सत्ता र शक्तिमा रहँदै ‘निकै दुःख गरेर’ सुजाताले आर्जन गर्नुभएको सो घरजग्गा विनोद अग्रवाल नामक एक मारवाडी व्यापारीकी पत्नीको नाममा राखिएको थियो । करिव चार वर्षअघि मात्र उहाँले आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउनुभएको थियो ।

त्यसअघि सुजाता (अहिले प्रचण्डले झैँँ) विनोदको घर भाडामा लिएर बसेको बताउने गर्नुहुन्थ्यो । आफ्नो नाममा जमिन ल्याउँदा ५७ आना मात्र रहेको र तीन आना जमिन अरु कसैको नाममा भएको फेला परेपछि नापी विभागका तत्कालिक कर्मचारी नारायणप्रसाद चौधरीको विशेष सहयोगमा ‘मिलाएर’ तीन आना थपिएको थियो ।

१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया