आइतबार ०२ जेठ २०७८

काठमाडौं– नेपालमा आज एकैदिन थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पिसिआर्बिधिबाट २४४९ जना र एन्टिजेन बिधिबाट ११० जना गरि कुल २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी काठमाडौंमा ७६० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरमा १०६ जना र भक्तपुरमा ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो आँकडाले राजधानी समेत रहेको काठमाडौं उपत्यका कोरोना संक्रमण उच्च जोखिममा देखिएको छ ।

यस्तै, काठमाडौंपछि सबैभन्दा संक्रमण लुम्बिनी प्रदेशका २ जिल्लामा देखिएको छ । लुम्बिनी प्रदेशको बाँकेमा ३५४ जना र रुपन्देहीमा २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५५९ जना नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१० जना संक्रमित नि’को भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका कोरोना संक्रमणमुक्त हु’नेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । नेपालमा संक्रमण नि’को हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा छ ।

पछिल्लो २४ घण्टामा रिपोर्ट भएका कोरोना संक्रमित मृ’तकको संख्या ५ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृ’त्यु हुने संक्रमित १ जना रहेको मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया