मंगलबार २८ बैशाख २०७८

नेपालकै पहिलो साझा बसकी चालिका हुन्, रेबिका थापा । निकै नै सँघर्षशिल महिला रेबिकाको जीवनको कथा कुनै चलचित्रको कथा भन्दा कम छैन । श्रीमानको पिडा खेप्न नसकेर गाउँबाट आफ्नो छोरा बोकेर केहि समय अघि रेबिका काठमाडौं आएकी थिईन् । काठमाडौं छिरेपछि छोरालाई पढाउन र बढाउन रेबिकाले अथक मेहेनत गर्न थालिन् । त्यसैबिच उनले टेम्पु चलाउन थालिन्, घरमा सानो छोरा छोडेर रेविका काममा जान्थिन्, छोरालाई हेर्ने कोहि नहुँदा उनले छोरालाई घरमा थुनेर काम गर्न जानुपर्ने बाध्यता थियो । पछि रेबिकाको जीवनमा बिस्तारै रामे हुँदै थियो, उनले नेपालको लागि पहिलो साझा बसको चालिकाको परिचय पनि बनाईन् तर एक्कासी उनको छोराको स्वास्थ्य अवस्था बिग्रियो ।

छोरालाई अनेक प्रयाश गर्दा पनि रेबिकाले बचाउन सकिनन् । छोराको अन्त्यपछि रेविका सम्पुर्ण कामहरु छोडेर घरमै बस्न थालिन् । पछि उनको जीवनमा अर्को पुरुष आए, उनले जीवन चलाउन साथी चाहिन्छ भन्ने बुझेर बिवाह गरिन् । दोसे बिहेबाट छोरा पनि जन्मिए । त्यसपछि उनको मनमा अन्य बालबालिकाहरुको उद्धारको सोच आयो । उनले आफ्नै छोराको नाममा बिवेक स्च्छ सेवा केन्द्र खोलिन् र परिवार र आमा बुवा बिहिन बाल कालिकाहरुको भविष्य बनाउन लागि परिन् । हाल उनको केन्द्रमा २५ जना आमा बुवा बिहिन बालबालिकाहरुको भष्यि फुल्दै छ । काठमाडौंमा एक लाख तिरेर घरभाडा तिर्दै अघि बढिरहँदा र नानी बाबुहरुको भविष्य बनाईरहँदा रेविकालाई गाह्रो पर्दै गाये र हाल उनको आश्रम छेऊ बिवेक स्वस्च्छ सेवा केन्द्रकै भवन निर्माणका लागि महायज्ञ आयोजना हुँदैछ । भिडियो हेर्नुस

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया