आइतबार १९ मंसिर २०७८

काठमाडौं – बलिउडका चर्चित संगीतकार श्रवण राथौडको निधन भएको छ । उनको कोरोनाभाइरसको संक्रमणबाट बिहिबार राति ६६ वर्षको उमेरमा निभन भएको हो । उनको गए राति मुम्बईस्थित रहेजा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही दिनअघि कोरोना संक्रमित भएका उनी स्वास्थ्यमा समस्या बढेपछि रहेजा अस्पताल भर्ना भएका थिए । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनले सन् १९९० को दशकमा ‘साजन’, ‘सडक’, ‘आशिकी’, ‘दिवाना’, ‘दिल है की मानता नहिं’ लगायतका धेरै फिल्ममा संगीत भरेका थिए ।

१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया